सिप्रदीले ल्यायो सवारी साधन ट्रयाकिङ र फ्लीट म्यानेजमेन्ट सफ्टवेयर

काठमाडौं । सिप्रदी ट्रेडिङले नेपाली बजारलाई सुहाउँदोे सवारी साधन ट्रयाकिङ तथा फ्लीट म्यानेजमेन्ट सफ्टवेयर ल्याएको छ ।

सिप्रदीले अन्तर्राष्ट्रिय बजारको भरपर्दो फ्लीट व्यवस्थापन सफ्टवेर कम्पनी लोकोन्याभसँग सहकार्य गर्दै नेपाली बजारमा उक्त सफ्टवेयर ल्याएको हो ।

नेपालमा बढिरहेको निर्माण तथा पूर्वाधारका परियोजनाहरूमा प्रयोग हुने गाडी, फ्लीटहरूको दक्षता र उत्पादकताको व्यवस्थापनको लागि उक्त सफ्टवेयर ल्याइएको सिप्रदी जनाएको छ ।

जीपीएस प्रविधिबाट चल्ने यो सफ्टवेयरको दैनिक प्रयोगले फ्लीट संचालनमा आउने चुनौतीहरूको समाधान प्रयोगकर्ताहरूले तुरुन्तै पाउन सक्नेछन् ।

सिप्रदीका रजिया श्रेष्ठले नेपाली बजारमा लोकोन्याभ सवारी साधन ट्रयाकिङ तथा फ्लीट म्यानेजमेन्ट सफ्टवेयर उपयोही हुने बताए ।

उनले भने, ‘लोकोन्याभ नेपाली बजारमा ल्याएको पाँच महिना भएको छ । लोकोन्याभको बिक्री सुरू गरेको पाँच महिनामा नै यो सफ्टवेयरले ग्राहकहरूको विभिन्न समस्याको एउटा समाधान बन्न सफल हुँदैछ ।’

लोकोन्याभका प्रयोगकर्ताले यसबाट विभिन्न ५ वटा मुख्य फाइदा लिनसक्ने उनले बताए । यस सफ्टवेयरको प्रयोगले व्यवसायको फ्लीटको उत्पादकतामा सुधार, सवारी साधनको सुरक्षा, चालक व्यवहार अनुगमन, सवारी साधनको उचित व्यवस्थापन र विश्लेषणात्मक सुविधाले फ्लीट व्यवस्थापनमा सहजताको अनुभूति जस्ता फाइदा हुनेछ ।

सेयर बजारमा थपिँदै अर्को केबलकार, २५ करोडको आइपीओ जारी गर्ने Read Previous

सेयर बजारमा थपिँदै अर्को केबलकार, २५ करोडको आइपीओ जारी गर्ने

२५ करोडसम्म पूँजी भएका कम्पनीलाई 'साना'को सूचीमा राख्दै बोर्ड, यस्ता छन् प्रस्तावित नयाँ व्यवस्था Read Next

२५ करोडसम्म पूँजी भएका कम्पनीलाई 'साना'को सूचीमा राख्दै बोर्ड, यस्ता छन् प्रस्तावित नयाँ व्यवस्था