सानिमा रिलायन्स लाइफको सीईओमा शिवनाथ पाण्डे नियुक्त

काठमाडौं । सानिमा रिलायन्स लाइफ इन्स्योरेन्स कम्पनीको प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा शिवनाथ पाण्डे नियुक्त भएका छन्।

साविकको सानिमा लाइफ र रिलायन्स लाइफ मर्ज भई बनेको नयाँ सञ्चालक समितिले पाण्डेलाई ४ वर्षका लागि सीईओमा नियुक्त गरेको हो ।

सीईओमा नियुक्त भएका पाण्डले आज (सोमबार)देखि नै कार्यभार सम्हालेका छन् । उनी यस अघि पनि बीमा कम्पनीके सीईओ भइसकेका व्यक्ति हुन् । उनले केही महिना अघि मात्रै कार्यकाल बाँकी छँदै सूर्या लाइफको सीईओबाट राजीनामा दिएर बाहिरिएका थिए ।

चार्टर्ड एकाउन्टेन्ट समेत रहेका पाण्डेसँग राष्ट्र बैंकमा काम गरेको ३० वर्षको अनुभव छ । उनी ३० वर्षे सेवा अवधिका कारण नेपाल राष्ट्र बैंकको कार्यकारी निर्देशकबाट अवकाश भएपछि उनी सूर्या लाइफको सीईओ बनेका थिए ।

२२ अर्बको ट्रेजरी बिल विक्री गर्दै राष्ट्र बैंक Read Previous

२२ अर्बको ट्रेजरी बिल विक्री गर्दै राष्ट्र बैंक

नेप्सेमा दोहोरो अंकको कमब्याक, यी कम्पनीको सेयर मूल्यमा पोजेटिभ सर्किट Read Next

नेप्सेमा दोहोरो अंकको कमब्याक, यी कम्पनीको सेयर मूल्यमा पोजेटिभ सर्किट