२०८० सालमा बैंक बन्द हुने दिन सार्वजनिक (सूचीसहित)

काठमाडौं । नेपाल राष्ट्र बैंकले वि.सं.२०८० सालमा बैंक तथा वित्तीय संस्थाहरु बिदा हुने सूची सार्वजनिक गरेको छ । राष्ट्र बैंकले बिहीबार २०८० साल भरी शनिबार बाहेक बैंक बन्द हुने दिनको सूची सार्वजनिक गरेको हो ।

राष्ट्र बैंकका अनुसार २०८० सालमा शनिबार बाहेक कुल ४५ दिन (दशैंतिहार सहित)बैंक तथा वित्तीय संस्थाहरु आंशिक वा पूर्ण रुपमा बन्द हुने छन् ।

जसमा दशैंमा ६ दिन र तिहारमा ५ दिन सहित १५ दिन बैंक तथा वित्तीय संस्थाहरु पूर्ण रुपमा बन्द हुने छन् । इन्द्र जात्रा, भोटो जात्रा, गाइ जात्रा, घोडेजात्राको दिन काठमाडौं उपत्यकामा पूर्ण बिदा हुनेछ ।

त्यस्तै, २० दिन भने बैंकहरुले नगद भुक्तानी ईसीसी, सार्वजनिक ऋण व्यवस्थापन लगायका आकस्मिक बैंकिङ सेवा बिहान १० बजेदेखि दिउँसो १ः३० बजेसम्म सञ्चालन गर्नेछन् ।

वैशाख १ देखि कात्तिक १५ सम्म बिहान १० बजेदेखि साँझ ५ बजेसमम्म कार्यालय समय र बिहान १० बजेदेखि साँझ ४ बजेसमम बैंकिङ समय हुने राष्ट्र बैंकले जनाएको छ । त्यस्तै १६ माघदेखि चैत मसान्तसम्म पनि कार्यायल सयम १० बजेदेखि ५ बजेसम्म र बैंकिङ समय १० बजेदेखि ४ बजेसम्म हुनेछ ।

१६ कात्तिकदेखि १५ माघसमम भने कार्यलय समय बिहान १० बजेदेखि दिउँसो ४ बजेसमम र बैंकिङ समय बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म हुनेछ । शुक्रबार भने कार्यलय समय १ः३० सम्म र बैंकिङ समय १२ः३० सम्म हुने राष्ट्र बैंकले जनाएको छ ।

 

सामाजिक सुरक्षा कोषमा समेटिने श्रमिक ४ लाख नाघे, ३० अर्ब संकलन Read Previous

सामाजिक सुरक्षा कोषमा समेटिने श्रमिक ४ लाख नाघे, ३० अर्ब संकलन

नेप्सेमा लगातार दोहोरो अंकको गिरावट, यी कम्पनीको मूल्यमा भने पोजेटिभ सर्किट Read Next

नेप्सेमा लगातार दोहोरो अंकको गिरावट, यी कम्पनीको मूल्यमा भने पोजेटिभ सर्किट