नेप्सेमा लगातार दोहोरो अंकको गिरावट, यी कम्पनीको मूल्यमा भने पोजेटिभ सर्किट

काठमाडौं । सेयर बजारमा लगातार दोहोरो अंककाे  गिरावट आएको छ । बुधबार १५ अंकले घटेको नेप्से आज सोभन्दा धेरै अंकले घटेको हो ।

सूचकमा गिरावट आए पनि कारोबार रकममा भने झिनो बढोत्तरी आएको छ । अघिल्लो दिनको तुलनामा कारोबार रकम ८ करोडले बढेर १ अर्ब ४१ करोड नाघेको छ ।

बिहीबार सेयर बजार मापक सूचक नेप्से १८.१५ अंकले घटेर १९१५.१४ बिन्दुमा आइपुगेको छ । यसदिन २५९ कम्पनीको १ अर्ब ४१ करोड रुपैयाँ बढीको ४३ लाख ४० हजार २७० कित्ता सेयर किनबेच भएको छ ।

आज कारोबारमा आएका १३ वटै उपसमूहको परिसूचक राताम्मे भएको छ । व्यापार समूहको परिसूचक सबैभन्दा धेरै ३.०५ प्रतिशतले घटेकोे छ ।

आज एनआइसी एशिया बैंकको सर्वाधिक कारोबार भएको छ । यसको झन्डै पौने २२ करोड रुपैयाँ बढीको सेयर किनबेच भएको छ । त्यस्तै, सिद्धार्थ बैंकको ८ करोड र हिमालयन डिस्ट्रीलरी साढे ४ करोड बढीको कारोबार हुँदै शीर्ष तीनमा रहे ।

दोहोरो अंकले घटेको बजारमा पनि आज दुई कम्पनीको सेयर मूल्यमा पोजेटिभ सर्किट लागेको छ । मायाखोला हाइड्रोपावरको सेयर मूल्य ठ्याक्कै १० प्रतिशतले बढेको छ भने एशियन हाइड्रोपावरका सेयरधनीले पनि करिब १० प्रतिशत कमाएका छन् ।

२०८० सालमा बैंक बन्द हुने दिन सार्वजनिक (सूचीसहित) Read Previous

२०८० सालमा बैंक बन्द हुने दिन सार्वजनिक (सूचीसहित)

स्मार्ट सिटीको फाइल घुमेकोघुम्यै, बजेट माग्दै अर्थ मन्त्रालय पुगेकाे उतै थन्कियाे Read Next

स्मार्ट सिटीको फाइल घुमेकोघुम्यै, बजेट माग्दै अर्थ मन्त्रालय पुगेकाे उतै थन्कियाे