बेलायतको संसदीय प्रतिनिधि मण्डलद्वारा एनएमबी बैंकको भ्रमण

काठमाडौं । बेलायतको संसदीय प्रतिनिधि मण्डलले एनएमबी बैंकको भ्रमण गरेको छ । ब्रिटिश इन्टरनेशनल इन्भेष्टमेन्टका अध्यक्ष सारा च्याम्पीयनको नेतृत्वमा आएको बेलायतको हाउस अफ कमन्स र ब्रिटिश इन्टरनेशनल इन्भेष्टमेन्ट प्रतिनिधिहरुले बैंकको भ्रमण गरेका हुन् ।

एनएमबी बैंकको ब्रिटिश इन्टरनेशनल इन्भेष्टमेन्टसगँको सहकार्यपछि भएको प्रगतिबारे अवलोकन गर्नु र एनएमबीले कार्यान्वयन गर्दै आएको दिगो बैंकिङ अभ्यासको जानकारी लिनु उक्त भ्रमणको मुख्य उद्देश्य रहेको छ ।

एनएमबी बैंकका प्रमुख कार्यकारी अधिकृत सुनिल केसीले भ्रमणका प्रतिनिधिहरुलाई बैंकले दिगो बैंकिङ अभ्यासको कार्यान्वयनपछि गरेको प्रगति विवरणको समिक्षा गर्दैे बैंक तथा समग्र देशको दिगो विकास लक्ष्य प्राप्त गर्न पुर्याएको उल्लेखनीय योगदानको बारे समेत प्रकाश पारे ।

प्रतिनिधि मण्डलसगँ छलफलको क्रममा केसीले नेपालको दिगो तथा समाबेशी आर्थिक विकास बीच रहेको स्रोत साधनको अन्तरपूर्ति गर्नकोलागि ब्रिटिश इन्टरनेशनल इन्भेष्टमेन्ट जस्ता संस्थाले प्रदान गर्ने अनुदानको महत्व तथा आवश्यकताको बारेमा जोड दिए ।

साथै, प्रतिनिधिहरुले बैंकले जलविद्युत परियोजना मार्फत समुदाय विकासमा पुर्याएको योगदानको प्रशंसा गरे । महिला तथा फरक ढंगले सक्षम व्यक्तिहरुको सशक्तिकरणकालागि बैंकले गरेको पहल र कमजोर आर्थिक अवस्था भएका र पीछडिएका समुहहरुको स्तरोन्नत्तिका लागि बैंकले गरेको योगदानका बारेमा छलफल गर्दै दुवै तर्फका प्रतिनिधिहरुले सो सम्बन्धी प्रतिक्रिया समेत आदानप्रदान गरे ।

एनएमबी बैंक विगत २६ वर्षदेखि अनवरत रुपमा बैंकिङ्ग सेवा सुविधा प्रदान गर्दै आएको छ । बैंकले दि फिनान्सियल टाइम्स, लण्डनको ‘द ब्यान्कर’ पत्रिकाद्वारा एसियाकै सर्वोत्कृष्ट बैंकको उपाधी ‘बैंक अफ दि इयर एसिया २०२१’ उपाधीबाट सम्मानित भएको बैंक हो । एनएमबि बैंकले २०१७, २०१८, २०२० र २०२१ लागी पनि उक्त पत्रिकाद्वारा चार पटक नेपालकै उत्कृष्ट बैंकको उपाधी ‘बैंक अफ दि इयर नेपाल’ प्राप्त गरि सकेकको छ ।

बैंकले हाल देशभरी २०१ शाखा, १३८ एटीएम र १२ एक्सटेन्सन काउन्टरहरु मार्फत उच्चस्तरीय सेवा प्रदान गर्दै आइरहेको छ ।

सानिमा र रिलायन्स लाइफको एकीकृत कारोबार सुरू Read Previous

सानिमा र रिलायन्स लाइफको एकीकृत कारोबार सुरू

एफएनसीसीआइको अध्यक्ष र व्यवसायी बीच सेतुको रूपमा काम गर्छु : उपाध्यक्ष श्रेष्ठ Read Next

एफएनसीसीआइको अध्यक्ष र व्यवसायी बीच सेतुको रूपमा काम गर्छु : उपाध्यक्ष श्रेष्ठ