काठमाडौं । इन्टरनेट सेवा प्रदायक भायानेट कम्युनिकेसनले नवीनतम एक्सजीएस फाइबर प्रविधिमा आधारित २ जीबीपीएस इन्टरनेट सेवा संचालनमा ल्याएको छ ।कम्पनीले एक्सजीएस स्क्स्ट्रीम प्याकेज मार्फत नेपालकै पहिलो मल्टि गिग इन्टरनेट सार्वजनिक गरेको हो।
यो अत्याधुनिक प्रविधिको साथ भायानेट कम्युनिकेसनले देशको इन्टरनेट क्षेत्रमा नयाँ मापदण्ड स्थापित गर्ने लक्ष्य राखेको छ।एक्सजीएस पीओएन अर्थात् १० गिगाबिट सिमिट्रिकल प्यासिभ नेटवर्क अत्यन्त नयाँ फाइबर(अप्टिक ब्रोडब्यान्ड टेक्नोलोजी हो । जसले १० जीबीपीएससम्मको डाउनलोड र अपलोड स्पीड प्रदान गर्दछ।
हाल इन्टरनेट वितरणको लागि प्रयोग गरिने मुख्य विधि गिगाबिट प्यासिभ नेटवर्क जीपीओएनमा आधरीत छ। हाल जीपीओएनमा प्रविधि इन्टरनेट वितरणको लागि प्रयोग गरिने प्राथमिक विधि हो । जसको अधिकतम डाउनलोड गति २.४ जीबीपीएस र १.२ जीबीपीएस को अपलोड गति छ। अब एक्सजीएसको लन्चसँगै ग्राहकहरूले १० जीबीपीएससम्मको सिमिट्रिक अपलोड र डाउनलोड स्पिड प्राप्त गर्न सक्नेछन्।
भायानेट कम्युनिकेसनले नेपालको पहिलो २ जीबीपीएस इन्टरनेट सेवा उपलब्ध गराउन यो प्रविधि छनोट गरेको हो। एक्सजीएसमार्फत कम्पनीले नेपाललाई इन्टरनेटको नयाँ युगमा प्रवेश गराउने विश्वास लिएको छ।
अब ग्राहकहरूले तीव्र गतिको डाउनलोड र अपलोडका साथै सिमलेस स्ट्रिमिङ र उत्कृष्ट गेमिङको अनुभव लिन सक्नेछन्। यसले कम्पनीलाई भर्चुअल रियालिटी, हाइ रिजोलुसन भिडियो स्ट्रिमिङ, मल्टिडिभाइस भिडियो स्ट्रिमिङ र क्लाउड कम्प्युटिङ जस्ता नयाँनयाँ इन्टरनेटको प्रयोगको लागि तयार राख्ने छ।