बीवाइडीका गाडी किन्न प्रभु बैंकले सहजै ऋण दिने

काठमाडौं । बीवाइडीका विद्युतीय गाडी किन्न प्रभु बैंकले सहजै ऋण दिने भएको ।

बीवाइडीको नेपालका लागि आधिकारिक विक्रेता साइमेक्स इंक र प्रभु बैंक बीच सवारी साधन खरिदका लागि कर्जा उपलब्ध गराउने सम्बन्धी सम्झौता भएको छ ।

सम्झौता अनुसार ग्राहकले बीवाइडीका ईभी किन्न प्रभु बैंकबाट सहज र सरल तरिकाबाट फाइनान्स सुविधा पाउने छन् ।

बैंकले बीवाइडीका गाडी किन्न ८० प्रतिशतसम्म ऋण दिने भएको हो । ग्राहकले २० प्रतिशत मात्रै डाउन पेमेन्ट गरेर बीवाइडीको एटो थ्री र ई सिक्स कार किन्न सक्नेछन् ।

साइमेक्सले नेपाली बजारमा बीवाइडीको एटो थ्री ६४ लाख ९० हजार र ई सिक्स ६४ लाख रुपैयाँमा बेच्दै आएको छ ।

अभियान लघुवित्तले गत वर्षको नाफाबाट लाभांश नदिने Read Previous

अभियान लघुवित्तले गत वर्षको नाफाबाट लाभांश नदिने

भायानेटले ल्यायो फाइबर टेक्नोलोजीमा आधारीत नेपालकै पहिलो २ जीबीपीएस इन्टरनेट Read Next

भायानेटले ल्यायो फाइबर टेक्नोलोजीमा आधारीत नेपालकै पहिलो २ जीबीपीएस इन्टरनेट