काठमाडौं । मर्जर प्रक्रियामा रहेका सानिमा लाइफ इन्स्योरेन्स र रिलायन्स लाइफ इन्स्योरेन्सले यसै साताभित्र एकीकृत कारोबार सुरू गर्ने भएका छन् ।
दुवै कम्पनीले मर्जर प्रक्रिया सम्पन्न गरी चैत ९ गते (बिहीबार) देखि एकीकृत कारोबार थाल्ने भएका भएका हुन् । दुई कम्पनी मर्ज भई ‘सानिमा रिलायन्स लाइफ इन्स्योरेन्स’को नामबाट एकीकृत कारोबार गर्ने भएका हुन् ।
यसअघि दुवै कम्पनीको फागुन १२ गते बसेको साधारण सभाले मर्जर सम्बन्धी प्रताव पारित गरिसकेका छन् । त्यस्तै, नेपाल बीमा प्राधिकरणले फागुन १८ गते र कम्पनी रजिष्ट्रारको कार्यालयले फागुन २९ गते मर्ज भई एकीकृत कारोबार गर्न अन्तिम स्वीकृति दिएका थिए ।
दुई कम्पनी समान हैसियत अर्थात् १ः१ सेयर अनुपातमा गाभिने भएका हुन् । हाल सानिमाको चुक्ता पूँजी २ अर्ब र रिलायन्सको २ अर्ब १० करोड रुपैयाँ छ । नयाँ कम्पनीको एकीकृत चुक्ता पूँजी ४ अर्ब १० करोड रुपैयाँ पुग्नेछ ।