काठमाडौं । सिटी होटल लिमिटेडले प्राथमिक साधरण सेयर (आइपीओ) निष्काशन गर्न अनुमति पाएको छ । नेपाल धितोपत्र बोर्डले कम्पनीलाई आइपीओ निष्काशन गर्न चैत ५ गते अनुमति दिएको हो ।
कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ दरले १६ करोड ७४ लाख रुपैयाँ बराबरको १६ लाख ७४ हजार कित्ता सेयर निष्काशन गर्न बोर्डबाट अनुमति पाएको हो ।
कम्पनीको आइपीओ निष्काशन गर्न यसअघि नै ग्लोबल आइएमई क्यापिटललाई सेयर निष्काशन तथा बिक्री प्रबन्धकमा नियुक्त गरिसकेको छ ।
हाल नेप्सेमा होटल तथा पर्यटन समूहका ४ कम्पनी सूचीकृत छन् ।