सनराइज बैंकको साधारण सभा सम्पन्न, १५.८०% लाभांश पारित

काठमाडौं । सनराइज बैंकले गत वर्षको नाफाबाट सेयरधनीलाई वितरण गर्ने १५.८० प्रतिशत लाभांश प्रस्ताव पारित गरेको छ।

 

नक्साल ब्यांक्वेटमा आज (शुक्रबार) सम्पन्न १२ औं वार्षिक साधारण  सभाले १० प्रतिशत बोनस र सोको कर प्रयोजनार्थ समेत गरि ५.८० प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव अनुमोदन गरेको हो।

 

यसअनुसार बैंकले सेयरधनीलाई ८१ करोड ५२ लाख ५५ हजार ५८५ रुपैयाँ बराबरको बोनस र कर प्रयोजन सहित ४७ करोड २८ लाख ४८ हजार २३९ रुपैयाँ नगद लाभांश वितरण गर्नेछ।

 

त्यसैगरी साधारण सभाले अन्य कुनै उपयुक्त बैंक तथा वित्तीय संस्था एक आपसमा गाभ्ने/गाभिने सम्बन्धी सम्पूर्ण काम गर्न सञ्चालक समितिलाई पूर्ण रुपमा अख्तियारी प्रदान गरेको छ।

 

हाल बैंकको चुक्ता पूँजी ८ अर्ब १५ करोड २५ लाख रहेको छ। १० प्रतिशत बोनस वितरणपश्चात बैंकको चुक्ता पूँजी ८ अर्ब ९६ करोड ७८ लाख रुपैयाँ पुग्नेछ।

 

बैंकले देशभर १२२ शाखा, ३८ शाखारहित बैंकिङ्ग, ८ एक्सटेन्सन काउन्टर, १४३ एटीएम मार्फत ६ लाख बढी ग्राकहरुलाई बैंकिङ्ग सेवा प्रवाह गर्दै आइरहेको छ।

अर्को व्यवस्था नभएसम्म धितोपत्र बोर्डको नेतृत्व सम्हाल्ने जिम्मा पौडेललाई Read Previous

अर्को व्यवस्था नभएसम्म धितोपत्र बोर्डको नेतृत्व सम्हाल्ने जिम्मा पौडेललाई

निर्यातमा आशलाग्दो संकेत, यी हुन् धेरै निर्यात भएका ७ वस्तुहरु Read Next

निर्यातमा आशलाग्दो संकेत, यी हुन् धेरै निर्यात भएका ७ वस्तुहरु