अर्को व्यवस्था नभएसम्म धितोपत्र बोर्डको नेतृत्व सम्हाल्ने जिम्मा पौडेललाई

काठमाडौं। अध्यक्ष नियुक्त नहुन्जेलसम्मको लागि नेपाल धितोपत्र बोर्डको नेतृत्व सम्हाल्ने जिम्मेवारी कार्यकारी निर्देशक परिष्ठनाथ पौडेलले पाएका छन्।

 

अर्थ मन्त्रालयले नयाँ अध्यक्षको लागि पदपूर्ति प्रकृया अगाडि नबढ्दासम्म बोर्डको दैनिक कार्य सञ्चालन गर्न पौडेललाई अख्तियारी सहित जिम्मेवारी दिएको हो ।

 

डा. रेवतबहादुर कार्कीले यही कात्तिक १ गतेदेखि अध्यक्षबाट अवकाश लिएपछि बोर्ड नेतृत्व बिहिन भएको थियो ।

 

अध्यक्ष नहुँदा बोर्डले सम्पादन गर्ने कामहरु अड्किरहेको थियो।प्राथमिक सेयर निष्काशन तथा अन्य निष्काशनको अनुमति दिने काम रोकिँदै आएको थियो। पौडेलले जिम्मेवारी पाएसँगै अब ती काम सुचारु हुने छन्।

नक्कली धानको बीउले किसानलाई १३ करोडको क्षति Read Previous

नक्कली धानको बीउले किसानलाई १३ करोडको क्षति

सनराइज बैंकको साधारण सभा सम्पन्न, १५.८०% लाभांश पारित Read Next

सनराइज बैंकको साधारण सभा सम्पन्न, १५.८०% लाभांश पारित