फागुनमा ६१ हजारले लिए श्रम स्वीकृति

काठमाडौं । चालु आर्थिक वर्षको फागुन महिनामा वैदेशिक रोजगारीमा जानका लागि ६१ हजार बढीले श्रम स्वीकृति लिएका छन् ।

फागुनमा नयाँ श्रम स्वीकृति, पुनःश्रम स्वीकृति र व्यक्तिगत गरी ६१ हजार ८४५ ले श्रम स्वीकृति लिएको वैदेशिक रोजगार विभागको तथ्याङ्कमा उल्लेख छ ।

फागुनमा सबैभन्दा बढी मलेसियाका लागि १९ हजार ८२४ ले श्रम स्वीकृति लिएका छन् । कतारका लागि ११ हजार ३०३, संयुक्त अरब इमिरेट्सका लागि ९ हजार ७९५, साउदी अरेबियाका लागि ९ हजार ५०३, कुवेतका लागि २ हजार ४६२, दक्षिण कोरियाका लागि २ हजार २२७ र रोमानियका लागि १ हजार ७० जनाले श्रम स्वीकृति लिएका वैदेशिक रोजगार विभागले जनाएको छ ।

वैदेशिक रोजगारीका लािग श्रम स्वीकृति लिनेमा अदक्ष कामदारको सङ्ख्या उल्लेख्य रहेको छ । फागुनमा १३ हजार ५८० अदक्ष कामदारले श्रम स्वीकृति लिएका छन् । ४२ हजार ७१८ दक्ष, ५ हजार ४४९ अर्धदक्ष, ६८ व्यावसायिक र ३० उच्च दक्ष श्रमिकले श्रम स्वीकृति लिएको विभागले जनाएको छ ।

आइएमई जनरल र प्रुडेन्सियल इन्स्योरेन्स बीच मर्जर सम्बन्धी अन्तिम सम्झौता, स्वाप रेसियो कति ? Read Previous

आइएमई जनरल र प्रुडेन्सियल इन्स्योरेन्स बीच मर्जर सम्बन्धी अन्तिम सम्झौता, स्वाप रेसियो कति ?

प्रिमियममा आइपीओ ल्याउन लागेको हिमालयन रि-इन्स्योरेन्सको नाफामा उच्च गिरावट Read Next

प्रिमियममा आइपीओ ल्याउन लागेको हिमालयन रि-इन्स्योरेन्सको नाफामा उच्च गिरावट