आइएमई जनरल र प्रुडेन्सियल इन्स्योरेन्स बीच मर्जर सम्बन्धी अन्तिम सम्झौता, स्वाप रेसियो कति ?

काठमाडौं । आइएमई जनरल इन्स्योरेन्स र प्रुडेन्सियल इन्योरेन्स बीच मर्जरसम्बन्धी अन्तिम सम्झौता भएको छ ।

गत माघमा एक आपसमा गाभिने प्रारम्भिक सम्झौता गरेका दुई कम्पनीले आइतबार मर्जर सम्बन्धी अन्तिम सम्झौता गरेका हुन् ।

सम्झौतापत्रमा आइएमई जनरल इन्स्योरेन्सका अध्यक्ष हेमराज ढकाल र प्रुडेन्सियल इन्स्योरेन्सका अध्यक्ष विशाल अग्रवालले हस्ताक्षर गरे।

यी दुई कम्पनी बराबरी हैसियत अर्थात् १:१ सेयर अनुपातमा मर्ज हुने भएका हुन् । मर्जरपछि नयाँ बन्ने नयाँ कम्पनीको नाम आइजीआई प्रुडेन्सियल इन्स्योरेन्स हुने जनाइएको छ ।

हाल आइएमई जनरलको चुक्ता पूँजी १ अर्ब ८० करोड भने प्रुडेन्सियलको गत वर्षको नाफाबाट घोषणा गरेको ६.५ प्रतिशत बोनस सेयर वितरणपछि १ अर्ब २५ करोड रुपैयाँ पुग्नेछ । मर्जरपछि नयाँ कम्पनीको एकीकृत चुक्ता पूँजी ३ अर्ब ५ करोड हुनेछ ।

रासायनिक मलमा दिँदै आएको अनुदान कटौती नगर्ने सरकारको निर्णय Read Previous

रासायनिक मलमा दिँदै आएको अनुदान कटौती नगर्ने सरकारको निर्णय

फागुनमा ६१ हजारले लिए श्रम स्वीकृति Read Next

फागुनमा ६१ हजारले लिए श्रम स्वीकृति