रासायनिक मलमा दिँदै आएको अनुदान कटौती नगर्ने सरकारको निर्णय

काठमाडौं । सरकारले कृषि तथा पशुपक्षी विकास मन्त्रालयको विषयगत समितिले गरेको निर्णय रोक्दै रासायनिक मलमा दिँदै आएको अनुदान यथावत् राख्ने निर्णय गरेको छ ।

आज बिहान प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा बसेको मन्त्रिपरिषद्को बैठकले रासायनिक मलमा दिँदै आएको अनुदान कटौती नगरी यथावत् राख्ने निर्णय गरेको हो ।

बैठकले रासायनिक मलमा दिँदै आएको अनुदानबारे विस्तृत अध्ययनपछि आवश्यक निर्णय गरी आगामी दिनमा थप व्यवस्थित र वैज्ञानिक बनाउने निर्णयसमेत गरेको सरकारका प्रवक्ता एवं सञ्चार, सूचना तथा प्रविधिमन्त्री रेखा शर्माले जानकारी दिए ।

यसअघि कृषि तथा पशुपक्षी विकास मन्त्रालयको मल आपूर्ति तथा वितरण व्यवस्थापन समितिले रासायनिक मलमा दिँदै आएको अनुदान कटौती गर्ने निर्णय गरेको थियो । आजको मन्त्रिपरिषद् बैठकपछि रासायनिक मलको अनुदान र मूल्यसमेत यथावत रहने भएको छ ।

लाभांश प्रयोजनका लागि थप ३ लघुवित्तले तोके बुकक्लोज, कुनको कहिले ? Read Previous

लाभांश प्रयोजनका लागि थप ३ लघुवित्तले तोके बुकक्लोज, कुनको कहिले ?

आइएमई जनरल र प्रुडेन्सियल इन्स्योरेन्स बीच मर्जर सम्बन्धी अन्तिम सम्झौता, स्वाप रेसियो कति ? Read Next

आइएमई जनरल र प्रुडेन्सियल इन्स्योरेन्स बीच मर्जर सम्बन्धी अन्तिम सम्झौता, स्वाप रेसियो कति ?