लाभांश प्रयोजनका लागि थप ३ लघुवित्तले तोके बुकक्लोज, कुनको कहिले ?

काठमाडौं । गत आर्थिक वर्ष २०७८/७९ को नाफाबाट घोषणा गरेको लाभांश पारित गर्न थप ३ लघुवित्तले साधरण सभा डाकेका छन् । सोमबार कालिका लघुवित्त, एनएमबी लघुवित्त र नयाँ सारथी लघुवित्तले साधरण सभाको मिति घोषणा गरेका हुन् ।

कालिका लघुवित्तले चैत २९ गते तेह्रौं वार्षिक साधरण सभा डाकेको छ । लघुवित्तको सभा होटल टास्क इन्टरनेशनल, बुद्धचोक, पोखरामा हुनेछ।

लघुवित्तले उक्त सभामा गत वर्षको नाफाबाट घोषणा गरेको २० प्रतिशत  (१९ बोनस र १% नगद) लाभांश पारित गर्ने प्रस्ताव लैजाने भएको छ ।

साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ कालिकाले चैत १६ गतेदेखि २९ गतेसम्म बुकक्लोज तोकेको छ । सो अनुसार चैत १५ गतेसम्म कायम सेयरधनीहरुले प्रस्तावित लाभांश पाउने छन् ।

त्यसैगरी, एनएमबी लघुवित्तले गत वर्षको नाफाबाट घोषणा गरेको १०.५३ प्रतिशत (१०% बोनस र ०.५३% नगद) लाभांश पारित गर्न वैशाख १५ गते १० औं वार्षिक साधरण सभा डाकेको छ । एनएमबीको सभा सिटी स्क्वायर प्रालि, न्यूरोड, पोखरामा हुनेछ ।

साधारण सभा प्रयोगनका लागि एनएमबीले चैत १७ गतेदेखि वैशाख १५ गतेसम्म बुकक्लोज तोकेको छ । सो अनुसार चैत १६ गतेसम्म कायम सेयरधनीले सभामा भाग लिन र लाभांश पाउने छन् ।

त्यस्तै, नयाँ सारथी लघुवित्तले गत वर्षको नाफाबाट घोषणा गरेको २० प्रतिशत (१९% बोनस र १% नगद) लाभांश पारित गर्न चैत २८ गते १४ औं वार्षिक साधरण सभा बोलाएको छ । लघुवित्तको सभा होटल जुगर, मिरावल चोक, धुलिखेलमा हुनेछ ।

साधारण सभा तथा लाभांश प्रयोजनका लागि नयाँ सारथीले चैत १५ गतेदेखि २८ गतेसम्म बुकक्लोज तोकेको छ । त्यस अनुसार चैत १४ गतेसम्म कायम सेयरधनीले सभामा भाग लिन र प्रस्तावित लाभांश पाउने छन् ।

नापतौलमा ठगी गर्ने ८ हजार व्यापारीलाई कारबाही Read Previous

नापतौलमा ठगी गर्ने ८ हजार व्यापारीलाई कारबाही

रासायनिक मलमा दिँदै आएको अनुदान कटौती नगर्ने सरकारको निर्णय Read Next

रासायनिक मलमा दिँदै आएको अनुदान कटौती नगर्ने सरकारको निर्णय