गरिमा विकास बैंकद्धारा लाभांश घोषणा

काठमाडाैं । गरिमा विकास बैंकले गत आर्थिक वर्षको आम्दानीबाट सेयरधनीहरुलाई १७ प्रतिशत लाभांश वितरण गर्ने भएको छ ।

 

नेप्सेमा प्रकाशित सूचनाका अनुसार बैंकले १६.१५ बोनस सेयर र ०.८५ नगद लाभांश वितरण गर्ने भएको हो । १६.१५ प्रतिशत बोनस सेयर वितरण गर्दा बैंकको चुक्ता पूँजीमा ४५ करोड रुपैंयाँ भन्दा बढिको बढोत्तरी हुनेछ ।

 

बैंकको प्रस्ताव राष्ट्र बैंक र बैंकको आगामी साधारण सभाको स्वीकृति पश्चात् मात्र वितरण योग्य हुनेछ । गरिमाको हाल २ अर्ब ७८ करोड रुपैंयाँ चुक्ता पूँजी रहेको छ । बोनस सेयर पश्चात बैंकको चुक्ता पूँजी ३ अर्ब २३ करोड रुपैयाँ पुग्नेछ ।

 

सेयर बजारमा गरिमा बैंकको अन्तिम कारोबार मूल्य प्रति सेयर २ सय १९ रुपैयाँ रहेको छ । यसको मतलब बैंकको ‘डिभिडेन्ड इल्ड’ ७.७६ प्रतिशत रहेको छ ।

 

पोखरेली बैंकको रुपमा चर्चा पाएको यो विकास बैंकले विगतमा पनि आफ्ना सेयरधनीहरुलाई राम्रो लाभांश वितरण गर्दै आएको छ । बैंकले विगत ९ वर्षदेखि औसत २० प्रतिशत हाराहारीले लाभांश वितरण गर्दै आएको छ ।

यी हुन् विश्वका उत्कृष्ट दश 'सृजनशील अर्थतन्त्र'   Read Previous

यी हुन् विश्वका उत्कृष्ट दश 'सृजनशील अर्थतन्त्र'  

व्यापार घाटा १२ प्रतिशतले घट्दा निर्यात १४ प्रतिशतले बढ्यो Read Next

व्यापार घाटा १२ प्रतिशतले घट्दा निर्यात १४ प्रतिशतले बढ्यो