यी हुन् विश्वका उत्कृष्ट दश ‘सृजनशील अर्थतन्त्र’  

वर्ल्ड इकोनोमिक फोरमले सार्वजनिक गरेको ‘ग्लोबल कम्पिटेटिभनेस रिर्पोट २०१९’ ले विश्वका सृजनशील अर्थतन्त्रहरुको सूची सार्वजनिक गरेको छ ।

 

नविनतम सोचहरुलाई वस्तु वा सेवाको स्वरुपमा ढालेर अर्थतन्त्रमा संक्रमण गराउन विभिन्न दृष्टिकोणले सहज बनाउने अर्थतन्त्रहरुलाई सृजनशील अर्थतन्त्रको रुपमा व्याख्या गरेर त्यस्ता १० उत्कृट सृजनशील अर्थतन्त्रहरुको सूची वल्र्ड इकोनोमिक फोरमले सार्वजनिक गरेको हो ।

 

यहाँ ती १० अर्थतन्त्र र तिनका विशेषताहरुलाई प्रस्तुत गरिएको छ ।

 

१०. नेदरल्याण्ड: नेदरल्याण्डको नयाँ प्रविधि र काम गर्ने नयाँ तौरतरिकामा तुरुन्तै अभ्यस्त हुनसक्ने क्षमताका कारणले सूचीमा समावेश गरिएको हो ।

९. फ्रान्स : फ्रान्सको बलियो उद्यमी संस्कृति, जसले सजृनशीलतालाई एक तह माथि उकाल्न थप मद्दत पुयाउँछ, का कारणले फ्रान्स यो सूचीको नवौं स्थानमा रहन सफल भएको हो ।

 

८. संयुक्त अधिराज्य : संयुक्त अधिराज्य सूचीको ८ औं स्थानमा रहेको छ । रिर्पोटका अनुसार वैज्ञानिक अध्ययन र अनुसन्धानको लागि यो अर्थतन्त्र उत्कृष्ट रहेको छ ।

७. जापान : सूचीको ७ औं स्थानमा जापान रहेको छ । रिर्पोटका अनुसार बौद्धिक सम्पति (पेटेन्ट) दर्ताको लागि सर्वाधिक धेरै आवेदन यो अर्थतन्त्रमा पर्ने गरेको छ ।

 

६. दक्षिण कोरिया : कुल ग्राहस्थ उत्पादनको ४ प्रतिशतभन्दा पनि बढी स्रोत अनुसन्धान तथा विकासमा खर्च गर्ने गरेका कारण दक्षिण कोरिया सूचीको छैठौं स्थानमा विराजमान भएको हो ।

५. स्विडेन : यो अर्थतन्त्रमा कामदारहरु आफ्ना नविन सोचहरु एक अर्कामा बाँड्न उद्दत रहने र मिलिजुली काम गर्न रमाउने भएका कारण पाँचौं स्थानमा रहेको रिर्पोटले जनाएको छ ।

 

४. ताइवान, चाइना : ताइवान अघिल्लो वर्ष झैं चौथो स्थानमा रहेको छ । उसको स्थानमा परिर्वतन भएको छैन ।

३. स्विटजरल्याण्ड : यो अर्थतन्त्र ट्रेडमार्क दर्ताको आवेदनको संख्याको दृष्टिकोणले विश्वकै पहिलो स्थानमा छ । त्यसैकारण रिर्पोटले स्विटजरल्याण्डलाई तेस्रो स्थानमा राखेको हो ।

 

२. संयुक्त राज्य अमेरिका : विश्वको आर्थिक एवं सैन्य महाशक्ति अमेरिका सूचीको दोस्रो स्थानमा रहेको छ । यो अर्थतन्त्रका अनुसन्धान गर्ने संस्थाहरु विश्वकै उत्कृष्ट रहेका कारण सृजनशील अर्थतन्त्रहरुको सूचीको दोस्रो स्थानमा रहेको हो ।

 

१. जर्मनी : वल्र्ड इकोनोमिक फोरमको रिर्पोटले जर्मनीलाई विश्वकै सबैभन्दा सृजनशील अर्थतन्त्रको पहिलो स्थानमा उभ्याएको छ । यो अर्थतन्त्र अनुसन्धान गर्न, त्यसलाई व्यवस्थित गर्न र त्यसको प्रभावकारी बजारिकरण गर्ने सन्दर्भमा सबैभन्दा अब्बल रहेका कारण पहिलो स्थानमा सूचीकृत गरेको रिर्पोटले जनाएको छ ।

भ्रमण वर्षमा आउने पर्यटकलाई होमस्टेमा २० प्रतिशत छुट Read Previous

भ्रमण वर्षमा आउने पर्यटकलाई होमस्टेमा २० प्रतिशत छुट

गरिमा विकास बैंकद्धारा लाभांश घोषणा Read Next

गरिमा विकास बैंकद्धारा लाभांश घोषणा