ई-सेवाबाट बैंक खातामा पैसा पठाउँदा हङकङ घुम्न जान पाइने

काठमाडौं । नेपालको पहिलो र अग्रणी भुक्तानी सेवा प्रदायक ई-सेवाले ‘बैंक ट्रान्सफरबाट पैसा खातैमा, हङकङको टिकट चट्ट हातैमा’ उपहार योजना सार्वजनिक गरेको छ ।

यस अफर अन्तर्गत ईसेवाका ग्राहकले आफ्नो ईसेवा एकाउन्ट मार्फत बैंक खातामा रकम ट्रान्स्फर गर्दा हङकङ घुम्ने मौका पाउनेछन् ।यस अफरमा बेंक ट्रान्स्फर गर्दा डबल क्यासब्याक पाउनुका साथै हङकङ घुम्न जाँदा दोहोरो टिकट जित्न सकिनेछ ।

यस अफरमा ई-सेवा मार्फत बैंक तथा सहकारीका खातामा रकम ट्रान्स्फर गर्दा सहभागी हुन पाइनेछ । यस अफर योजना चैत्र ३० गतेसम्म सञ्चालन हुनेछ । यस योजनामा सहभागी हुन योजना अवधिभर कम्तीमा दुईपटक बैंक ट्रान्सफर गरेको हुनुपर्नेछ ।

ई-सेवाले हाल एण्ड्रोइड मोबाईलमा ५५ लाख र आइओस् मोबाईलमा करिब १० लाख गरि ६५ लाख बढि ग्राहकलाई एप्स् मार्फत आम नेपालीहरू सेवा प्रदान गरिरहेको छ । ई-सेवाले नेपालका सुविधा सम्पन्न क्षेत्रदेखि विकट वस्तीहरुमा हुने आर्थिक कारोबारलाई डिजिटल माध्यम मार्फत धेरै किसिमका सहजता ल्याएको छ ।

ई-सेवाबाट इन्स्योरेन्स्को प्रिमियम भुक्तानी, इन्टरनेट, बिजुली तथा खानेपानीको महशुल भुक्तानी, मोबाईल, टेलिफोन रिचार्ज तथा टपअप, हवाइजहाज, बसको टिकट, स्कुल कलेजको शुल्क लगायतका सेवाहरूको शुल्क भुक्तानी गर्न सकिन्छ ।

ई-सेवामा हाल ५२ वटा बैंक तथा वित्तीय संस्था सदस्य रहेका छन् । यी बैंकबाट ई-सेवामा सहजै रकम जम्मा गर्न तथा ई-सेवाबाट बैंक खातामा रकम पठाउन सकिन्छ । हाल एक लाख ८५ हजार भन्दा बढि एजेन्ट नेटवर्क मार्फत ई-सेवाका सेवा तथा सुविधा लिन सकिनेछ ।

प्राइम कमर्शियल र गुराँस लघुवित्तको बोनस सेयर सूचीकृत Read Previous

प्राइम कमर्शियल र गुराँस लघुवित्तको बोनस सेयर सूचीकृत

मुस्ताङको फापरको झिलिङ्गा र खुर्पानीको सुकुटी अब अनलाइनबाट घरघरमै Read Next

मुस्ताङको फापरको झिलिङ्गा र खुर्पानीको सुकुटी अब अनलाइनबाट घरघरमै