काठमाडौं । नेपाल स्टक एक्स्चेन्ज (नेप्स)मा थप दुई कम्पनीको बोनस सेयर सूचीकृत भएको छ । नेप्सेमा बिहीबार प्राइम कमर्शियल बैंक र गुराँस लघुवित्तको बोनस सेयर सूचीकृत भएको हो ।
प्राइमले आर्थिक वर्ष २०७८/७९ को नाफाबाट वितरण गरेको ४ प्रतिशत बोनस बापतको ७४ लाख ६२ हजार ५२९.१२ कित्ता बोनस सेयर सूचीकृत भएको हो ।
त्यसैगरी, गुराँस लघुवित्तले गत आवको नाफाबाट वितरण गरेको ४ प्रतिशत अर्थात् ३९ हजार कित्ता बोनस सेयर नेप्सेमा सूचीकृत भएको हो ।
नेप्सेमा सूचीकृत दुवै कम्पनीको बोनस सेयर सम्बन्धित सेयरधनीको डिम्याट खातामा जम्मा भएपछि मात्र दोस्रो बजारमा खरिदविक्री गर्न सक्नेछन् ।