एलिट क्यापिटलले पायो मर्चेन्ट बैंकरको लाइसेन्स

काठमाडौं । नेपाल धितोपत्र बोर्डले एलिट क्यापिटल लिमिटेडलाई धितोपत्र व्यवसायी (मर्चेन्ट बैंकर)को लाइसेन्स दिएको छ ।

्गतवर्ष नै पूँजी बजारका सक्रिय लगानीकर्ताहरू र गैरआवासीय नेपालीहरूको लगानीमा स्थापित यस संस्थाले कान्छो मर्चेन्ट बैंकरको रुपमा लाइसेन्स पाएको हो ।

बोर्डका अध्यक्ष डा. रमेश कुमार हमालले बुधबार एक समारोहका बीच मर्चेन्ट बैंकर अनुमतिपत्रको प्रमाणपत्र एलिट क्यापिटलका कार्यकारी अध्यक्ष दिनेश आचार्यलाई हस्तान्तरण गरे ।

क्यापिटलले आगामी साता औपचारिक उद्घाटन गरी कारोबार थाल्ने जनाएको छ । एलिट क्यापिटलले लाजिम्पाट उत्तरढोकास्थित मेट्रो पार्कमा कार्यालय स्थापना गरिसकेको छ ।

सोही स्थानबाट व्यक्तिगत तथा संस्थागत लगानी व्यवस्थापन, कर्पोरेट एडभाईजरी, धितोपत्र प्रत्याभूति (अण्डरराईटिङ) र डिपी सेवा समेत दिने क्यापिटलले जनाएको छ ।

२२ करोड ५० लाख पूँजी रहेको क्यापिटलले थप प्रक्रिया पूरा गरेर निकट भविष्यमै प्राईभेट इक्विटी तथा भेन्चर क्यापिटल र म्युचुअल फण्डको समेत व्यवस्थापन गर्ने योजना रहेको अध्यक्ष आचार्यले जानकारी दिए ।

व्यवसायिक व्यक्ति तथा संस्थाहरूको लगानी र दक्ष व्यवस्थापनमार्फत कारोवार सुरू गरेको एलिट क्यापिटलले बजारमा चलिरहेको भन्दा आकर्षक स्कीमहरू ल्याउने जनाएको छ ।

हाल संचालनमा रहेका ३९ वटा मर्चेन्ट बैंकरहरूमध्ये यो पछिल्लोपटक स्थापना भएको मर्चेन्ट बैंकर हो । बोर्डले लामो समयदेखि मर्चेन्ट बैंकरको लाइसेन्स दिएको थिएन । संचालनमा रहेका मर्चेन्ट बैंकरहरूमध्ये झण्डै एक दर्जन क्यापिटल मर्जर वा खारेजीमा गैसकेका वा जाने क्रममा छ ।

नेपालमा मर्चेन्ट बैंकरको संख्या घट्दो क्रममा रहेको सन्दर्भमा एलिट क्यापिटलले पूर्ण व्यवसायिक सेवा प्रदान गर्ने प्रतिबद्धता जनाएको छ ।

प्रधानमन्त्रीले भन्दैमा तत्कालै ब्याजदर एकल अंकमा ल्याउन सम्भव छ ? Read Previous

प्रधानमन्त्रीले भन्दैमा तत्कालै ब्याजदर एकल अंकमा ल्याउन सम्भव छ ?

सूर्यज्योति लाइफ इन्स्योरेन्सले लाभांश नबाँड्ने Read Next

सूर्यज्योति लाइफ इन्स्योरेन्सले लाभांश नबाँड्ने