काठमाडौं । सूर्यज्योति लाइफ इन्स्योरेन्सले गत आर्थिक वर्ष २०७८/७९ को मुनाफाबाट लाभांश नबाँड्ने भएको छ ।
कम्पनी संचालक समितिको चैत १ गते बसेको बैठकले गत वर्षको नाफाबाट लाभांश वितरण नगर्ने निर्णय गरेको हो ।
साविकको सूर्य लाइफ र ज्योति लाइफ दुवैको वितरण योग्य नाफा भए पनि सेयरधनीलाई नबाँडी जगेडा कोषमा राखिने इन्स्योरेन्सले जनाएको छ।