तेलको भाउ बढ्दा साउदी अरामकाेको कीर्तिमानी नाफा, एक वर्षमै कमायो २११ खर्ब

काठमाडौं । साउदी अरामकोले गत वर्ष १६१ अर्ब १० करोड अमेरिकी डलर (करिब २१० खर्ब रुपैयाँ) बराबरको ‘कीर्तिमानी’ मुनाफा आर्जन गरेको आइतबार जनाएको छ ।

एप्पलपछि विश्वकै दोस्रो महत्वपूर्ण कम्पनी अरामकोले साउदी सेयर बजारलाई दिएको जानकारीअनुसार सन् २०२१ को ११० अर्ब अमेरिकी डलरको तुलनामा सन् २०२२ को खुद आम्दानी ४६ प्रतिशतले बढेको छ ।

आरामकोले गत वर्ष कमाएको नाफा नेपालको कुल जीडीपीको ४ गुणभन्दा धेरै हो भने नेपालको १३ वर्षको बजेटभन्दा पनि धेरै हो ।

सन् २०१९ मा अरामको सूचीबद्ध कम्पनी बनेपछिको सबैभन्दा बलियो नतिजा हो । ‘मुख्यतया कच्चा तेलको उच्च मूल्य र बिक्री भएको परिमाण र बलियो प्रशोधन नाफाको प्रभावका कारण भएको हो,’ कम्पनीद्वारा सार्वजनिक प्रतिवेदनमा भनिएको छ ।

सन् २०२२ को फेब्रुअरीमा रूसले युक्रेनमाथि आक्रमण गरेपछि विश्वव्यापी ऊर्जाको मूल्य बढेको थियो ।

एम्नेस्टी इन्टरनेसनलका महासचिव एग्नेस क्यालामार्डले एक विज्ञप्तिमा भनेका छन्, ‘जीवाश्म इन्धनको बिक्रीबाट कम्पनीले एकै वर्षमा १६१ अर्ब अमेरिकी डलरभन्दा बढी नाफा कमाउनु आश्चर्यजनक छ ।’

एम्नेस्टीले अरामकोको नाफालाई ‘एकै वर्षमा कुनै पनि कम्पनीले सार्वजनिक गरेको अहिलेसम्मकै सबैभन्दा धेरै’ भनेको छ र यसलाई ‘नवीकरणीय ऊर्जामा मानव अधिकारमा आधारित सङ्क्रमणको लागि वित्त पोषण गर्न प्रयोग गरिनुपर्छ’ भनेको छ ।

अपि पावरले पायो हकप्रद सेयर जारी गर्न अनुमति Read Previous

अपि पावरले पायो हकप्रद सेयर जारी गर्न अनुमति

वित्तीय जोखिमले झस्कियो राष्ट्र बैंक, अन्तिम ऋणदाता सुविधा ल्यायो कार्यान्वयनमा Read Next

वित्तीय जोखिमले झस्कियो राष्ट्र बैंक, अन्तिम ऋणदाता सुविधा ल्यायो कार्यान्वयनमा