अपि पावरले पायो हकप्रद सेयर जारी गर्न अनुमति

काठमाडौं । अपि पावर कम्पनीले हकप्रद सेयर निष्काशन गर्न अनुमति पाएको छ ।

विद्युत् नियमन आयोग संचालक समितिको सोमबार बसेको बैठकले अपिलाई हाल कायम चुक्ता पूँजीको ४० प्रतिशत हकप्रद सेयर निष्काशन गर्न अनुमति दिएको हो ।

कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ दरले १ अर्ब ६५ करोड ३३ लाख १३ हजार ७०० रुपैयाँ बरारबको १ करोड ६५ लाख ३३ हजार १३७ कित्ता हकप्रद सेयर निष्काशन गर्न अनुमति पाएको हो ।आयोगबाट अनुमति पाएसँगै अब कम्पनीले नेपाल धितोपत्र बोर्डबाट स्वीकृति लिनुपर्नेछ ।

कम्पनीले हाल सञ्चालन गरी गरिरहेको आयोजनाहरुको ऋणमोचन गर्न हकप्रद सेयर निष्काशन गर्न लागेको हो। कम्पनीले हाल ५ वटा आयोजना संचालन गरिरहेको छ ।

जसमा ८ मेगावाटको अप्पर नौगड गाढ जलविद्युत आयोजना, ८.५ मेगावाटको गौगड गाढ जलविद्युत आयोजना, ४ मेगावाटको चन्द्रनिगाहपुर सौर्य विद्युत आयोजना र १/१ मेगावाटको ढल्केबर सौर्य विद्युत आयोजना र सिमरा सौर्य विद्युत आयोजना रहेका छन् ।

यी आयोजना सञ्चालन गर्न कम्पनीले कुल १ अर्ब ६८ करोड ५५ लाख ७४ हजार ६५ रुपैयाँ ४३ पैसा ऋण लिएको छ।

सगरमाथा र लुम्बिनी इन्स्योरेन्सको सेयर कारोबार रोक्का, अब नयाँ नामबाट किनबेच हुने Read Previous

सगरमाथा र लुम्बिनी इन्स्योरेन्सको सेयर कारोबार रोक्का, अब नयाँ नामबाट किनबेच हुने

तेलको भाउ बढ्दा साउदी अरामकाेको कीर्तिमानी नाफा, एक वर्षमै कमायो २११ खर्ब Read Next

तेलको भाउ बढ्दा साउदी अरामकाेको कीर्तिमानी नाफा, एक वर्षमै कमायो २११ खर्ब