सगरमाथा र लुम्बिनी इन्स्योरेन्सको सेयर कारोबार रोक्का, अब नयाँ नामबाट किनबेच हुने

काठमाडौं । सगरमाथा इन्स्योरेन्स र लुम्बिनी जनरल इन्स्योरेन्सको सेयर कारोबार रोक्का भएको छ ।

दुई इन्स्योरेन्स एक आपसमा मर्ज भई आज (फागुन २९ गते) देखि एकीकृत कारोबार सुरु गरेसँगै नेप्सले दुवै कम्पनीको सेयर कारोबार रोक्का गरिदिएको हो ।

दुई कम्पनी मर्ज भई ‘सगरमाथा लुम्बिनी जनरल इन्स्योरेन्स’को नामबाट एकीकृत कारोबार सुरु गरेका छन् । सगरमाथा र लुम्बिनी १ः१ सेयर अनुपातमा मर्ज भएका हुन् ।

मर्जरपछि अब दुवै कम्पनीको सेयर ‘सगरमाथा लुम्बिनी जनरल इन्स्योरेन्स’को नामबाट कारोबारमा आउने छ ।

मर्जरपछि बनेको कम्पनीको एकीकृत चुक्ता पूँजी २ अर्ब ६२ करोड हुनेछ । मर्जरपछि बन्ने कम्पनीको संचालनक समितिमा दुवै कम्पनीका ३र३ संचालक रहने छन् भने एक जना स्वतन्त्र सञ्चालक रहने छन् ।

सञ्चालक समितिको अध्यक्षमा लुम्बिनी जनरल इन्स्योरेन्स कम्पनीका तर्फबाट मनोहर दास मूल र प्रमुख कार्यकारी अधिकृतमा सगरमाथाका तर्फबाट हालका प्रमुख कार्यकारी अधिकृत चंकी क्षेत्री रहनेछन् ।

औद्योगिक करिडोरमा नियमित विद्युत् आपूर्ति गर्न व्यवसायीकाे माग Read Previous

औद्योगिक करिडोरमा नियमित विद्युत् आपूर्ति गर्न व्यवसायीकाे माग

अपि पावरले पायो हकप्रद सेयर जारी गर्न अनुमति Read Next

अपि पावरले पायो हकप्रद सेयर जारी गर्न अनुमति