मेगा बैंकको ११.७५ प्रतिशत लाभांश बुक गर्नका लागि आजको कारोबारको अन्तिम दिनसम्म बैंकको सेयर खरिद गर्नुपर्ने भएको छ । बैंकले आगामी कार्तिक २९ गतेको साधारणसभाको लागि आज बुक क्लोज गर्न लागेको हो । बैंकले कमलादी स्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा साधारण सभा गर्ने भएको छ ।
११.७५ प्रतिशत नगद लाभांशका अलावा बैंकले आर्थिक बर्ष ०७५/७६ को वित्तिय बिवरण पनि पेश गर्ने छ । साथै अडिटरको नियुक्तिको अलावा अन्य बैंक तथा वित्तिय संस्थासँगको मर्जर वा अक्वेजिशन पनि साधारण सभाको प्रमुख एजेण्डा रहेको छ