एरिक फिनम्यानले आफु सबैभन्दा कान्छो बिटकोइन करोडपति (मिलेनियर) भएको दाबी गरेका छन् ।
बिगत ८ बर्षमा उनको बिटकोइन होल्डिङ्स सन् २०११ मा १०० (करिब १ हजार अमेरिकी डलर) बाट सन् २०१९ मा ४५० (करिब ४५ लाख डलर) पुगेको छ । उनले बिटकोइनमा लगानी गर्न धेरै चाँडो शुरु गरेका थिए । १२ बर्षको उमेरमा पहिलो पटक बिटकोइनमा लगानी गरेका उनी १८ बर्ष पुग्दा करोडपति बनेका हुन् । अहिले २० बर्ष पुगेका उनले फेसबुकले आगामी दिनमा ल्याउन लागेको क्रिप्टोकरेन्सी लिबरामा पनि लगानी गर्ने बताएका छन् ।
बिभिन्न सञ्चारमाध्यमहरुमा उनले आफ्नो बिटकोइनको लगानीको कथाहरु सार्वजनिक गरेका छन् । सन् २००८ को बिश्वब्यापी आर्थिक मन्दीको समयमा उनका दाजुले त्यस बिरुद्धको प्रदर्शनीमा भाग लिनका लागि फिनम्यानलाई ल्याएका थिए । त्यसै समयमा उनले जुलुसमा कसैले बिटकोइन लेखेको टिर्सट लगाएको बताएका छन् । त्यसपनि उनले त्यो मानिसलाई सोधेर बिटकोइनका बारेमा प्ररम्भिक जानकारी पाएका हुन् ।
त्यसपछि आफुले थप अनुसन्धान गरेर र दाजुको सहयोगमा पहिलोपटक बिटकोइनमा लगानी गरेका हुन् । हाल उनीसँग ४ सय ४६ वटा बिटकोइन रहेको छ ।