नारी दिवसको अवसरमा नर्भिक हस्पिटलका सेवामा छुट

काठमाडौं । नर्भिक इन्टरनेशनल हस्पिटलले नारी दिवसको अवसरमा विभिन्न उपचार सेवा र हेल्थ प्याकेजमा भारी छुटको स्कीम सार्वजनिक गरेको छ ।

नर्भिकले आगामी मार्च ८ (फागुन २४ गते) पर्ने नारी दिवसको अवसर विशेष छुटको स्कीम सार्वजनिक गरेको हो । नर्भिकमा उपलब्ध फिमेल वेलनेसका प्याकेजहरूमा नर्भिकले ६ मार्चदेखि १३ मार्चसम्म(एक साता)का लागि १५ प्रतिशत छुट दिनेछ ।

सो अवधिमा महिलाहरूको स्तनको जाँचका लागि गरिने विशेष एक्सरे(म्यामोग्राफी) गर्दा लाग्ने शुल्कमा २५ प्रतिशत छुट उपलब्ध हुने अस्पतालले जनाएको छ ।

यस्तै, नारी दिवसकै अवसर पारेर नर्भिक कस्मेटिक एण्ड डर्माटोलोजी सेन्टरले हाइड्रा फेसियल तथा पर्मानेन्ट हेयर रिडक्सनका लागि गरिने लेजर उपचार सेवाको शुल्कमा २५ प्रतिशत छुट दिइने गरी अर्को स्कीम समेत सार्वजनिक गरिएको छ । यो स्कीम पनि मार्च ६ देखि १३ सम्म नै रहनेछ ।

यी सबैखालका स्कीमहरूमा उपलब्ध छुटको सेवा ७ दिन (६ मार्चदेखि १३ मार्चसम्म) मात्र रहने अस्पतालले जनाएको छ ।

 

 

१० चिया उत्पादक कम्पनी चीनमा पुरस्कृत Read Previous

१० चिया उत्पादक कम्पनी चीनमा पुरस्कृत

त्रिभुवन र गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा महाप्रबन्धक नियुक्त Read Next

त्रिभुवन र गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा महाप्रबन्धक नियुक्त