काठमाडौं । सरकारले दुई अन्तर्राष्ट्रिय विमानस्थलमा महाप्रबन्धक तोकेको छ। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयको महाप्रबन्धकमा प्रतापबाबु तिवारी नियुक्त भएका छन्।
यसअघिका महाप्रबन्धक प्रेमनाथ ठाकुर घुस मागेको अडियो सार्वजनिक भएपछि निलम्बनमा परेपछि तिवारी प्रमुख बनेका हुन्। विमानस्थलमा प्रमुखको जिम्मेवारी सम्हालिसकेका उनी हाल नागरिक उड्डयन प्रशिक्षण प्रतिष्ठानको प्रमुख थिए ।
यस्तै, गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको महाप्रबन्धकमा हंसराज पाण्डे नियुक्त भएका छन्। यसअघिका प्रमुख गोविन्द दाहाल अवकाशमा गएपछि पाण्डेलाई प्रमुख बनाएर पठाइएको हो।
एभियसन सेफ्टी तथा सेक्युरिटी रेगुलेसन निर्देशनालयको जिम्मेवारी नबिना कर्माचार्यलाई दिइएको छ।