भाउ घटेर आए पनि निगमले पेट्रोलियम पदार्थको मूल्य नघटाउने

काठमाडौं । सरकारले तत्काल इन्धनको मूल्य नघटाउने भएको छ । नेपाल आयल निगमले बुधबार विज्ञप्ति जारी गरी भारतबाट खाना पकाउने ग्यासबाहेक अन्य सबै प्रकारका इन्धनको मूल्य घटेर आए पनि उपभोक्ता मूल्य हाललाई यथावत राख्ने निर्णय गरेको जनाएको हो ।

विज्ञप्तिमा भनिएको छ, ‘आम उपभोक्ताको हितलाई मध्यनजर गरी हाललाई पेट्रोलियम पदार्थको खुद्रा बिक्री मूल्य यथावत राखिएको छ ।’ नयाँ मूल्यअनुसार निगमलाई डिजलको लागत ५.०५ रुपैयाँले सस्तो भएर आएको छ ।

यस्तै, पेट्रोलमा १.२१ रुपैयाँ लागत घटेको निगमले जनाएको छ । निगमलाई मट्टितेलमा ३.४० रुपैयाँले लागत घटेको र हवाई इन्धनमा ७.०३ रुपैयाँले लागत घटेको छ ।

निगमलाई प्राप्त नयाँ मूल्यअनुसार खाना पकाउने ग्यासको लागत प्रतिसिलिन्डर ३३९ रुपैयाँले बढेको छ । पछिल्लो मूल्यपछि पनि निगमलाई १५ दिनमा ४४ करोड रुपैयाँ नाफा छ ।

निगमलाई गत आर्थिक वर्षको नोक्सानीबाट ऋण र बक्यौता गरेर साढे १५ अर्ब रुपैयाँ दायित्व भने बाँकी नै रहेको निगमको भनाइ छ ।

डिप्रोक्ससहित दुई लघुवित्तको लाभांश पाउन सेयर किन्ने आज अन्तिम दिन Read Previous

डिप्रोक्ससहित दुई लघुवित्तको लाभांश पाउन सेयर किन्ने आज अन्तिम दिन

काभ्रेको बेथानचोकमा सुरुङ निर्माण हुने Read Next

काभ्रेको बेथानचोकमा सुरुङ निर्माण हुने