डिप्रोक्ससहित दुई लघुवित्तको लाभांश पाउन सेयर किन्ने आज अन्तिम दिन

काठमाडौं । नेपाल स्टक एक्स्चेन्ज (नेप्से)मा सूचीकृत दुई लघुवित्त कम्पनीको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ । डिप्रोक्स लघुवित्त वित्तीय संस्था र सपोर्ट लघुवित्त वित्तीय संस्थाको लाभांश पाउन सेयर किन्ने आज अन्तिम दिन हो ।

साधरण सभा तथा लाभांश प्रयोजनका डिप्रोक्सले फागुन १९ गते र सपोर्टले फागुन २१ गते बुकक्लोज तोकेको छन् । सो अनुसार आजसम्म कायम रहने सेयरधनी मात्र ती कम्पनीको लाभांश पाउने छन् ।

डिप्रोक्स लघुवित्तले गत आर्थिक वर्ष २०७८/७९ को मुनाफाबाट १० प्रतिशत बोनस सेयर र कर प्रयोजनसहित ११.०५ प्रतिशत नगद गरी २१.०५ प्रतिशत लाभांश प्रस्ताव गरेको छ ।

त्यसैगरी, सर्पोट लघुवित्तले गत आर्थिक वर्षको मुनाफाबाट ११ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.५७ प्रतिशत नगद गरी कुल ११.५७ प्रतिशत लाभांश प्रस्ताव गरेको छ ।

दुवै कम्पनीको साधरण सभाले पारित गरेपछि सेयरधनीले उक्त लाभांश पाउने छन् ।

बीपीडब्ल्यू लघुवित्तको आइपीओ खुल्यो, कति कित्ता भर्न पाइन्छ ? Read Previous

बीपीडब्ल्यू लघुवित्तको आइपीओ खुल्यो, कति कित्ता भर्न पाइन्छ ?

भाउ घटेर आए पनि निगमले पेट्रोलियम पदार्थको मूल्य नघटाउने Read Next

भाउ घटेर आए पनि निगमले पेट्रोलियम पदार्थको मूल्य नघटाउने