बीपीडब्ल्यू लघुवित्तको आइपीओ खुल्यो, कति कित्ता भर्न पाइन्छ ?

काठमाडौं । बीपीडब्ल्यू लघुवित्त वित्तीय संस्था लिमिटेडले आज (कार्यालय समय)देखि प्राथमिक साधरण सेयर (आइपीओ) विक्री खुला गर्ने भएको छ ।

कम्पनीले सर्वसाधरणका लागि प्रतिकित्ता १०० रुपैयाँ दरले ८० लाख ९५ हजार रुपैयाँ बराबरको ८० हजार ९५० कित्ता सेयर विक्रीमा ल्याएको हो ।

लगानीकर्ताले न्यूनतम १० कित्तादेखि १ हजार कित्तासम्म आवेदन दिन सक्नेछन् । कम्पनीको आइपीओमा फागुन २३ गतेसम्म आवेदन दिन पाइने छ । सो अवधिमा सबै सेयर विक्री नभएमा ढिलोमा चैत २ गतेसम्म आवेदन दिन सक्नेछन् ।

लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त आस्वा सदस्य बैंक तथा वित्तीय संस्थाहरु र तिनका तोकिएका शाखा कार्यालयबाट ‘सी आस्वा’ प्रणालीअनुसार तथा अनलाइनमार्फत ‘मेरो सेयर’ प्रयोग गरेर सेयर खरिदको आवेदन दिन सक्नेछन् ।

कम्पनीको धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धक मेगा क्यापिटल मार्केट्स लिमिटेड रहेको छ । कम्पनीलाई इक्रा नेपालले ‘इक्राएन्पी आइआर बीबी माइनस’ रेटिङ दिएको छ । यसले कम्पनीको दायित्व वहन गर्ने क्षमता जोखिमपूर्ण रहेको संकेत गर्दछ ।

पृथ्वी शाहले २४ बढी कम्पनी खडा गरी करोडौं ठगेको सीआइबीको ठहर Read Previous

पृथ्वी शाहले २४ बढी कम्पनी खडा गरी करोडौं ठगेको सीआइबीको ठहर

डिप्रोक्ससहित दुई लघुवित्तको लाभांश पाउन सेयर किन्ने आज अन्तिम दिन Read Next

डिप्रोक्ससहित दुई लघुवित्तको लाभांश पाउन सेयर किन्ने आज अन्तिम दिन