होलीको अवसरमा सिप्रदीको मेघा होली क्याम्प, विभिन्न सेवामा ५०% सम्म छुट

काठमाडौं । नेपालका लागि टाटा कमर्सियल गाडीको आधिकारिक विक्रेता सिप्रदी ट्रेडिङले मेघा होली क्याम्प आयोजना गरेको छ । कम्पनीले रङको पर्व होलीको अवसरमा सम्पूर्ण ग्राहकवर्गमा शुभकामना आदनप्रदान गर्न उक्त कार्यक्रम गरेको हो ।

बुधबार सिप्रदीका प्रमुख कार्यकारी अधिकृत राजनबावु श्रेष्ठले एक विशेष समारोह बीच उक्त कार्यक्रमको शुभारम्भ गरे । उक्त क्याम्प सिप्रदीका सम्पूर्ण सर्भिस सेन्टर तथा आधिकारिक सर्भिस सेन्टरहरूमा फागुन १७ देखि २१ गतेसम्म उक्त क्याम्प संचालन हुनेछ ।

यस क्याम्पमा सहभागी सम्पूर्ण गाडीहरूको निःशुल्क बम्पर टु बम्पर चेक जाँच, टाटा जेन्यूइन पार्ट्समा १५ देखि २२ प्रतिशतसम्म, जेन्यूइन आयलमा २५ प्रतिशत र सर्भिस बुकिङ्ग गरेर आउने गाडीहरूलाई लेवर चार्जमा ५० प्रतिशत छुट र निःशुल्क वासिङ्ग सुविधा रहेको छ ।

साथै, यस क्याम्पमा सहभागी हुने ग्राहकहरूका लागि अर्को पटकका लागि उही छुट सुविधा भएको सर्भिस छुट कुपन पाउने छन् । त्यस्तै, भाग्यशाली ३ जान ग्राहकहरूलाई स्र्माट फोन जित्ने सुवर्ण अवसर पनि प्रदान गरेको छ ।

प्रमुख कार्यकारी श्रेष्ठले ग्राहकको चाहाना अनुसार टाटा कमर्सियल गाडीहरूको संचालन खर्चलाई न्यूनीकरण गर्ने उद्देश्यले सिप्रदीले गुणस्तरीय सेवाको साथै टाटा जेन्यूइन पार्ट्स र आयलको मूल्यमा भारी छुट सुविधा प्रदान गरेको बताए । उनले ग्राहकलाई उक्त सुविधाको भरपुर फाइदा उठाउन अनुरोध समेत गरेका छन् ।

'गैरबजेटरी' रकम खर्च गर्ने प्रवृत्ति बढ्दो, वित्तीय सुशासनमै चुनौती Read Previous

'गैरबजेटरी' रकम खर्च गर्ने प्रवृत्ति बढ्दो, वित्तीय सुशासनमै चुनौती

पर्यटक आवगमनमा सुधार, एक महिनामै आए ७३ हजार विदेशी Read Next

पर्यटक आवगमनमा सुधार, एक महिनामै आए ७३ हजार विदेशी