निर्जीवन बीमातर्फ तेस्रो मर्जर सम्पन्न, सिद्धार्थ र प्रिमियरको एकीकृत कारोबार सुरू

काठमाडौं । सिद्धार्थ इन्स्योरेन्स र प्रिमियर इन्स्योरेन्सले मर्जर प्रक्रिया सम्पन्न गरी एकीकृत कारोबार सुरु गरेका छन् ।

दुई इन्योरेन्सले बुधबार (फागुन १७ गते)देखि ‘सिद्धार्थ प्रिमियर इन्स्योरेन्स’को नामबाट एकीकृत कारोबार सुरु गरेका हुन् ।

दुई कम्पनी १ः१ सेयर अनुपातमा मर्ज भएका हुन् । मर्जरपछि बनेको नयाँ कम्पनीको चुक्ता पूँजी २ अर्ब ८० करोड रुपैयाँ पुगेको छ ।

नयाँ कम्पनीको बीमा कोषको आकार २ अर्ब ३४ करोड र जगेडा कोष ५८ करोड रुपैयाँको भएको छ ।

निर्जीवन बीमातर्फ यो तेस्रो मर्जर हो । यसअघि हिमालयन र एभरेष्ट तथा सानिमा जनरल र जनरल इन्स्योरेन्स मर्ज भई एकीकृत कारोबार सुरु गरिसकेका छन् ।

सूर्योदय वोमी लघुवित्तको लाभांश घोषणा Read Previous

सूर्योदय वोमी लघुवित्तको लाभांश घोषणा

मनोहरा क्षेत्रमा अतिक्रमित घरटहरा हटाउन ७ दिनको ‘अल्टिमेटम’ Read Next

मनोहरा क्षेत्रमा अतिक्रमित घरटहरा हटाउन ७ दिनको ‘अल्टिमेटम’