काठमाडौं । सूर्योदय वोमी लघुवित्त वित्तीय संस्थाले गत आर्थिक वर्ष २०७८/७९ को मुनाफाबाट लाभांश घोषणा गरेको छ ।
लघुवित्त संचालक समितिको फागुन १६ गते बसेको बैठकले सेयरधनीलाई १५ प्रतिशत बोनस सेयर दिने निर्णय गरेको हो ।
साविकको सूयोदय र वोमी लघुवित्त मर्ज भएकाले कर छुट हुने भएकाले लघुवित्तले कर प्रयोजनका लागि नद लाभांश भने छुट्याएको छैन ।
प्रस्तावित लाभांश नियामक निकाय नेपाल राष्ट्र बैंकको स्वीकृति र कम्पनीको आगामी साधरण सभाबाट पारित भएपछि सेयरधनीले पाउने छन् ।