मनोहरा क्षेत्रमा अतिक्रमित घरटहरा हटाउन ७ दिनको ‘अल्टिमेटम’

काठमाडौं । मनोहरा जग्गा एकीकरण आयोजनाले अतिक्रमित घरटहरा हटाउन ७ दिनको म्याद दिएको छ ।

आयोजनाले आज एक सूचना जारी गर्दै आयोजना क्षेत्रभित्र रहेका घर, छाप्रा, टहरा तथा स्वीकृत नीतिबमोजिम फिर्ता गर्नुपर्ने विकसित घडेरीभित्र परेका पर्खाल हटाउन ७ दिनको समय दिएको हो ।

सम्बन्धित व्यक्तिले अवैध संरचना नहटाए आयोजना आफैले हटाउने र सो कार्यमा भएको खर्च कानुन बमोजिम असुल्ने आयोजनाले बताएको छ ।

आयोजना क्षेत्रभित्र स्वीकृत डिपिआरअनुसार सडक खोलेर स्वीकृत नक्साबमोजिम आयोजनाबाट विकसित घडेरीहरू सम्बन्धित जग्गाधनीलाई फिर्ता गरिँदै आइएको पनि आयोजनाले बताएको छ।

निर्जीवन बीमातर्फ तेस्रो मर्जर सम्पन्न,  सिद्धार्थ र प्रिमियरको एकीकृत कारोबार सुरू Read Previous

निर्जीवन बीमातर्फ तेस्रो मर्जर सम्पन्न, सिद्धार्थ र प्रिमियरको एकीकृत कारोबार सुरू

जजीरा एयरवेजले फागुन २५ देखि भैरहवा-कुवेत उडान गर्ने, भाडादर कति ? Read Next

जजीरा एयरवेजले फागुन २५ देखि भैरहवा-कुवेत उडान गर्ने, भाडादर कति ?