लघुवित्तले १५ प्रतिशतभन्दा धेरै ब्याज लिए उजुरी गर्न राष्ट्र बैंकको आग्रह

काठमाडौं । नेपाल राष्ट्र बैंकले लघुवित्त वित्तीय संस्थाहरुले १५ प्रतिशतभन्दा धेरै ब्याज लिएको भए उजुरी दिन अनुरोध गरेको छ ।

राष्ट्र बैंकले मंगलबार चेतनामूलक सन्देश जारी गर्दै लघुवित्त वित्तीय संस्थाका लागि १५ प्रतिशत अधिकम ब्याजदर तोकिएकाले त्योभन्दा बढी कर्जा असुली गरेको अवस्थामा सिधै आफूसमक्ष उजुरी गर्न भनेको हो ।

पछिल्लो समय लघुवित्तहरुले मनपरी ब्याज लिएको खबर विभिन्न सञ्चार माध्यममा आउन थालेसँगै राष्ट्र बैंकले यस्तो सूचना जारी गरेको हो ।

सहकारी संस्था, लघुवित्त वित्तीय संस्था र फाइनान्स कम्पनी फरक-फरक संस्था भएको र यी संस्थाले दिने सेवा र ब्याजदर फरक-फरक भएको बताउँदै लघुवित्तको हकमा १५ प्रतिशतभन्दा बढी ब्याज नहुने राष्ट्र बैंकले जनाएको छ ।

‘वाणिज्य बैंकलाई ‘क’ वर्गको बैंक भनिन्छ । विकास बैंकलाई ‘ख’ वर्गका वित्तीय संस्था र फाइनान्स कम्पनीलाई ‘ग’ वर्गका वित्तीय संस्था भनिन्छ । यसैगरी लघुवित्त वित्तीय संस्थालाई ‘घ’ वर्गका वित्तीय संस्था भनिन्छ । यी सबै संस्थाहरु राष्ट्र बैंकबाट लाइसेन्स प्राप्त वित्तीय संस्था हुन् ,’  राष्ट्र बैंकले जारी गरेको सूचनामा भनिएको छ,

‘लघुवित्त वित्तीय संस्थाहरुले प्रदान गर्ने कर्जाको ब्याजदर १५ प्रतिशतभन्दा बढी नहुने व्यवस्था गरिएको छ । हाल कुनै पनि लघुवित्त वित्तीय संस्थाको ब्याजदर १५ प्रतिशतभन्दा बढी छैन, राष्ट्र बैंकले जारी गरेको सूचनामा भनिएको छ ।

त्यस्तै, राष्ट्र बैंकले लघुवित्त वित्तीय संस्थाले १५ प्रतिशतभन्दा बढी ब्याज लिएको भए नेपाल राष्ट्र बैंकमा रहेको वित्तीय ग्राहक संरक्षण इकाईमा गुनासो दर्ता गर्न समेत आग्रहम गरेको छ ।

ठेक्का अलपत्र पार्ने थप १४ कम्पनीलाई कालोसूचीमा राख्ने प्रक्रिया अघि बढ्यो Read Previous

ठेक्का अलपत्र पार्ने थप १४ कम्पनीलाई कालोसूचीमा राख्ने प्रक्रिया अघि बढ्यो

सेयर बजारमा झिनाे गिरावट, यी ३ कम्पनीको मूल्यमा भने पाेजेटिभ सर्किट Read Next

सेयर बजारमा झिनाे गिरावट, यी ३ कम्पनीको मूल्यमा भने पाेजेटिभ सर्किट