ठेक्का अलपत्र पार्ने थप १४ कम्पनीलाई कालोसूचीमा राख्ने प्रक्रिया अघि बढ्यो

काठमाडौं । ठेक्का लिएर काम अलपत्र पार्ने ठेकेदार विरुद्ध आक्रमक बनेको सरकारले थप १४ वटा कम्पनीलाई कालोसूचीमा राख्ने प्रक्रिया अगाडि बढाएको छ ।

चालु आर्थिक वर्षको माघसम्म झन्डै १०० निर्माण तथा सप्लायर कम्पनीलाई कालोसूचीमा राखेको सार्वजनिक खरिद अनुगमन कार्यालयले थप १४ निर्माण तथा सप्लायर कम्पनीलाई कालोसूचीमा राख्ने प्रक्रिया अघि बढाएको हो ।

अनुगमन कार्यालयले विभिन्न कार्यालयबाट सिफारिसका आधारमा ती कम्पनीहरूलाई कालोसूचीमा राख्ने प्रक्रिया सुरू गरेको हो ।

विभिन्न १४ कम्पनीलाई कालोसूचीमा राख्नु नपर्ने कारणसहित लेखी पठाउन सूचना जारी गरे पनि लिखित स्पष्टीकरण नआएपछि अनुगमन कार्यालयले पुनः ७ दिन भित्र स्पष्टीकरण बुझाउन भनेको छ ।

ती कम्पनीले ७ दिन भित्र स्पष्टीकरण नबुझाए कालोसूचीमा राख्ने प्रक्रिया अघि बढाइने कार्यालयले जनाएको छ ।

सूर्यविनायक-धुलिखेल सडक ४ लेन बनाउन सुरू, ३ वर्षमा सक्ने Read Previous

सूर्यविनायक-धुलिखेल सडक ४ लेन बनाउन सुरू, ३ वर्षमा सक्ने

लघुवित्तले १५ प्रतिशतभन्दा धेरै ब्याज लिए उजुरी गर्न राष्ट्र बैंकको आग्रह Read Next

लघुवित्तले १५ प्रतिशतभन्दा धेरै ब्याज लिए उजुरी गर्न राष्ट्र बैंकको आग्रह