सेयर बजारमा झिनाे गिरावट, यी ३ कम्पनीको मूल्यमा भने पाेजेटिभ सर्किट

काठमाडौं । साताको तेस्रो दिन पनि सेयर बजार सामान्य अंकले घटेको छ । यसदिन नेप्से परिसूचक ३.८१ प्रतिशतले घटेर २०१९.७३ को विन्दुमा रोकिएको हो । सोमबार ३.६५ अंकले घटेको बजार आज पनि ओरालो लागेको छ । गत साता उच्च अंकले घटेको सेयर बजारले साताको पहिलो दिन आइतबार कमब्याक गरेको थियो ।

यस दिन कारोबारमा आएका कम्पनी मध्ये ८८ को सेयर मूल्य बढेको छ भने ११८ को घटेको छ । आज साढे १ अर्ब ३८ करोड रुपैयाँ बराबरको सेयर किनबेच भएको नेप्सेले जनाएको छ । सोमबार १ अर्ब ८९ करोड रुपैयाँ बढीको सेयर किनबेच भएको थियो । यसदिन कुल २८ हजार पटकको कारोबारमा ३९ लाख ४६ हजार बढी कित्ता सेयर किनबेच भएको छ ।

गत बुधबार एकीककृत निर्देशन संशोधन गर्दै नेपाल राष्ट्र बैंकले लघुवित्त कम्पनीहरुलाई कर्जा लगानी र लाभांश वितरणमा कडाइ गरेपछि बिहीबार लघुवित्त कम्पनीको सूचकमै नेगेटिभ सर्किट लागेको थियो । तर, यो साता भने लघुवित्तको सेयर मूल्य ओरालो लाग्नेक्रम रोकिएको छ ।

आज युुनिभर्सल पावर कम्पनीको सर्वाधिक कारोबार भएको छ । यस कम्पनीको ७ करोड बढीको कारोबार भएको छ । शिवम् सिमेन्ट र सानिमा माइ हाइड्रोपावरको ६/६ करोड बढी रुपैयाँको सेयर किनबेच भएको छ ।

यसदिन निफ्रा र हिमालयन डिस्ट्रीलरी ३/३ करोड रुपैयाँ बढीको सयर किनबेच भएको छ । आज आँधीखोला लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले सर्वाधिक कमाएका छन् । यो लघुवित्त, आदर्श लघुवित्त र खप्तड लघुवित्त वित्तीय संस्थाको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । सिद्धार्थ इन्स्योरेन्स कम्पनीका लगानीकर्ताले ६ प्रतिशत बढीले कमाएका छन् ।

आज सर्वाधिक गुमाउनेमा प्रिमियर इन्स्योरेन्स, राप्ति हाइड्रो, समलिङ पावर कम्पनीका लगानीकताले ३/३ प्रतिशत बढीले गुमाएका छन् ।

लघुवित्तले १५ प्रतिशतभन्दा धेरै ब्याज लिए उजुरी गर्न राष्ट्र बैंकको आग्रह Read Previous

लघुवित्तले १५ प्रतिशतभन्दा धेरै ब्याज लिए उजुरी गर्न राष्ट्र बैंकको आग्रह

उत्तर-दक्षिण करिडोरका २४ पुलकाे ठेक्का लाग्न बाँकी, केहीको अझै डिजाइन भएन Read Next

उत्तर-दक्षिण करिडोरका २४ पुलकाे ठेक्का लाग्न बाँकी, केहीको अझै डिजाइन भएन