नेपाल एयरलाइन्सको टिकट बुक गर्दा आइएमई पेबाट भुक्तानी गर्न मिल्ने

काठमाडौं । आइएमई पे र नेपाल एयरलाइन्सबीच आइएमई पे विद्युतीय भुक्तानी सम्बन्धी सम्झौता भएको छ ।

सम्झौता अनुसार अब ग्राहकरुले नेपाल एयरलाइन्सको वेबसाइटबाट टिकट बुक गर्दा आइएमई पे मार्फत भुक्तानी गर्न सक्नेछन् ।

नेपाल एयरलाइन्सको वेबसाईटमा गइ आफ्नो आवश्यकता अनुरुपको गन्तव्य र मिती छानी, मागिएको विवरण भरि चेकआउट् गर्ने क्रममा आइएमई पे छनौट गरी सजिलै भुक्तानी गर्न सक्नेछन् ।

ग्राहकवर्गहरुलाई भुक्तानी प्रकृया सहज पार्न र साथै विद्युुतिय भुक्तानीलाई अबल पार्ने उद्देश्यका साथ यो सम्झौता गरिएको कम्पनीले जनाएको छ ।

मोदी इनर्जीले पायो आइपीओ जारी गर्न अनुमति Read Previous

मोदी इनर्जीले पायो आइपीओ जारी गर्न अनुमति

मुरारका ग्रुप र सोमानी सेरामिक्सले टायल उत्पादन केन्द्र स्थापना गर्ने Read Next

मुरारका ग्रुप र सोमानी सेरामिक्सले टायल उत्पादन केन्द्र स्थापना गर्ने