मुरारका ग्रुप र सोमानी सेरामिक्सले टायल उत्पादन केन्द्र स्थापना गर्ने

काठमाडौं । नेपालको प्रख्यात व्यावसायिक समूह मुरारका ग्रुुपले भारतको प्रसिद्ध सोमानी सेरामिक्ससँगको संयुक्त लगानीमा टायल उत्पादन केन्द्र स्थापना गर्ने भएको छ ।

मुरारका ग्रुुप र सोमानी बीचको संयुक्त उद्यमले नेपालमा करिब ३.० मिलियन स्क्वाएर मिटर वार्षिक क्षमताको टाइल उत्पादन केन्द्र सञ्चालन र व्यवस्थापन गर्ने भएको हो ।

सोमबार आयोजित एक कार्यक्रममा मुरारका ग्रुुपका म्यानेजिङ डिरेक्टर पशुपति मुरारकाले उक्त सहकार्यको बारेमा जानकारी गराए । सहकार्यले नेपाली बजारमा देखिएको गुणस्तरीय टाइलको आवश्यकतालाई परिपुर्ति गर्ने उनले बताए ।

‘मुरारका ग्रुुप आफ्ना ग्राहकहरूलाई सदैव गुणस्तरीय उत्पादन र सेवाहरू प्रदान गर्न प्रतिबद्ध छ,’ उनले भने, ‘यस सहकार्यले नेपाली बजारमा देखिएको गुणस्तरीय टाइलको आवश्यकतालाई परिपुर्ति गर्नेछ भन्ने हामीले विश्वास लिएका छौँ ।’

यसले नेपाली बजारमै रोजगारीको सिर्जना गर्दै देशको आर्थिक विकासमा समेत महत्वपूर्ण टेवा पुग्ने उनले बताए ।

कार्यक्रममा सोमानी सेरामिक्सका प्रबन्ध निर्देशक एवम् सीईओ अभिषेक सोमानीले विश्वभर आवासीय तथा औद्योगिक प्रयोजनका लागि उपयुक्त उच्च गुणस्तरको टाइल्स उत्पादन तथा आपूर्ति गर्दै आएको बताए ।

‘नेपालको प्रतिष्ठित व्यवसायिक घराना मुरारका ग्रुुपसँग सहकार्य गर्न पाउँदा हामी गौरवान्वित भएका छौँ,’ उनले भने, ‘सोमानी सेरामिक्सले विश्वभर आवासीय तथा औद्योगिक प्रयोजनका लागि उपयुक्त उच्च गुणस्तरको टाइल्स उत्पादन तथा आपूर्ति गर्दै आएको छ र यसले नेपाली बजारमा पनि राम्रो स्थान पाउने कुरामा हामी विश्वस्त छौँ ।’

नेपाल एयरलाइन्सको टिकट बुक गर्दा आइएमई पेबाट भुक्तानी गर्न मिल्ने Read Previous

नेपाल एयरलाइन्सको टिकट बुक गर्दा आइएमई पेबाट भुक्तानी गर्न मिल्ने

फागुन २५ देखि आइपीओ बिक्री गर्दै माइ खोला हाइड्रोपावर Read Next

फागुन २५ देखि आइपीओ बिक्री गर्दै माइ खोला हाइड्रोपावर