मोदी इनर्जीले पायो आइपीओ जारी गर्न अनुमति

काठमाडौं । मोदी इनर्जी लिमिटेडले प्राथमिक साधरण सेयर (आइपीआ) निष्काशन गर्न अनुमति पाएको छ । नेपाल धितोपत्र बोर्डले कम्पनीलाई आइपीओ निष्काशन गर्न फागुन २ गते अनुमति दिएको हो ।

कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानी र सर्वसाधारणको लागि आइपीओ जारी गर्नेछ । कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ दरले ७२ करोड ५० लाख रुपैयाँ बराबरको ७२ लाख ५० हजार कित्ता सेयर निष्काशन गर्न बोर्डबाट अनुमति पाएको हो ।

कम्पनीको आइपीओ निष्काशन गर्न यसअघि नै सनराइज क्यापिटललाई सेयर निष्काशन तथा बिक्री प्रबन्धकमा नियुक्त गरिसकेको छ ।

अर्थमन्त्री पौडेलसहित एमालेका मन्त्रीहरूले दिए राजीनामा Read Previous

अर्थमन्त्री पौडेलसहित एमालेका मन्त्रीहरूले दिए राजीनामा

नेपाल एयरलाइन्सको टिकट बुक गर्दा आइएमई पेबाट भुक्तानी गर्न मिल्ने Read Next

नेपाल एयरलाइन्सको टिकट बुक गर्दा आइएमई पेबाट भुक्तानी गर्न मिल्ने