१५ अर्बको ट्रेजरी बिल विक्री गर्दै राष्ट्र बैंक

काठमाडौं । नेपाल राष्ट्र बैंकले  १५ अर्ब १३ करोड रुपैयाँको ट्रेजरी बिल विक्रीको बोलकबोल गर्ने भएको छ। राष्ट्र बैंकले एक सूचना जारी गर्दै सोमबार बोलकबोल प्रक्रियामार्फत २८ दिन, ९१ दिन र १ वर्षको लागि ट्रेजरी बिल जारी गर्न लागेको जानकारी गराएकाे हो।

केन्द्रीय बैंकले २८ दिनको लागि ५ अर्ब रुपैयाँको ट्रेजरी जारी गर्न लागेको हो । यो ट्रेजरी चैत १४ गते परिपक्व हुनेछ । यस्तै,  केन्द्रीय बैंकले ९१ दिनको लागि ३ अर्ब १३ करोड  र १ वर्षका लागि ७ अर्ब रुपैयाँ बराबरको ट्रेजरी बिल जारी गर्न लागेको हो ।

९१ दिन अविधकाे रुपैयाँको ट्रेजरी २०८० जेठ १६ गते र  १ वर्षे अवधिकाे ट्रेजरी २०८० फागुन १५ गते परिपक्व हुनेछ ।

बोलकबोलमा सहभागी क, ख र ग वर्गका बैंक, बैंक तथा वित्तीय संस्था, गैर-बैंक तथा वित्तीय संस्था, सङ्गठित संस्थाका साथै सर्वसाधारण नेपाली नागरिकमध्ये सर्वाधिक अंक कबोल गर्नेलाई राष्ट्र बैंकले ट्रेजरी बिल जारी गर्नेछ।

यी ट्रेजरी बिलको सोमबार दिउँसो ३ बजे अनलाइनका माध्यमबाट बोलकबोल हुनेछ। बोलकबोलमा सबै वर्गका बैंक तथा वित्तीय संस्था, संगठित संस्था तथा सर्वसाधारण नागरिकसमेत सहभागी हुन सक्नेछन्।

बोलकबोलमा सबैभन्दा बढी मूल्य तोक्ने संस्थालाई पहिलो प्राथमिकतामा राखी क्रमैसँग आह्वान रकमसम्म ट्रेजरी बिलको बाँडफाँड हुने गर्दछ।

ट्रेजरी बिल १ वर्ष वा १ वर्षभन्दा कम अवधिको आन्तरिक ऋण उठाउन प्रयोग गरिने अल्पकालीन सरकारी ऋणपत्र हो।

सिंहदरवार भित्रका क्यान्टिनमै म्याद गुज्रेका र कुहिएका खानेकुरा Read Previous

सिंहदरवार भित्रका क्यान्टिनमै म्याद गुज्रेका र कुहिएका खानेकुरा

नियम उल्लंघन गर्ने विरुद्ध आक्रमक बन्दै ट्राफिक, एकैदिन ३ हजार १४८ चालक कारबाहीमा Read Next

नियम उल्लंघन गर्ने विरुद्ध आक्रमक बन्दै ट्राफिक, एकैदिन ३ हजार १४८ चालक कारबाहीमा