नियम उल्लंघन गर्ने विरुद्ध आक्रमक बन्दै ट्राफिक, एकैदिन ३ हजार १४८ चालक कारबाहीमा

काठमाडौं । ट्राफिक प्रहरीले एकैदिन काठमाडौँ उपत्यकामा ट्राफिक नियम उलङ्घन गर्ने ३ हजार १४८ चालकलाई कारबाही गरेको छ ।

काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले आइतबार चलाएको विशेष कारबाहीमा काठमाडौँ, भक्तपुर र ललितपुरमा ट्राफिक नियम उलङ्घन गर्ने उक्त सङ्ख्यामा चालकलाई कारबाही गरेको हो ।

कार्यालयले मादक पदार्थ सेवन गरी सवारीसाधन चलाउने एक सय १४, लेन अनुशासन पालना नगर्ने ९४, रातो बत्ती नमान्ने ५९, हर्न बजाउने ५१, नम्बर प्लेट मेटिएका २८ र अन्य २ हजार ८०२ जनालाई कारबाही गरिएको कार्यालयका प्रवक्ता, प्रहरी वरिष्ठ उपरीक्षक राजेन्द्रप्रसाद भट्टले जानकारी दिए ।

ट्राफिक प्रहरीले पछिल्लो समय उपत्यकाभित्र ट्राफिक नियम उलङ्घन गरी सवारीसाधन चलाउने चालकमाथि विशेष कारबाही गर्दै आएको प्रवक्ता भट्टले बताए ।

१५ अर्बको ट्रेजरी बिल विक्री गर्दै राष्ट्र बैंक Read Previous

१५ अर्बको ट्रेजरी बिल विक्री गर्दै राष्ट्र बैंक

६ महिनामै दोब्बर भएको बैंकको खराब कर्जा आगामी दिनमा झनै बढ्ने Read Next

६ महिनामै दोब्बर भएको बैंकको खराब कर्जा आगामी दिनमा झनै बढ्ने