सिंहदरवार भित्रका क्यान्टिनमै म्याद गुज्रेका र कुहिएका खानेकुरा

काठमाडौं । देशको प्रमुख प्रशासनिक केन्द्र सिंहदरवार परिसर भित्र संचालित केन्द्रीय क्यान्टिनमा म्याद सकिएको खानेकुरा विक्री हुने गरेको पाइएको छ ।

वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले आइतबार गरेको अनुगमनका क्रममा उक्त क्यान्टिनमा खान योग्य अवधी सकिएका तथा लेबलै नभएका मसला र दुग्धजन्य पदार्थ, दुर्गन्धित मासु र तरकारी फेला पारेको हो ।

अनुगमन टोलीले ती सबै वस्तु नष्ट गरी क्यान्टिन संचालकलाई कारबाही समेत गरेको छ ।

विभागले कञ्चन चमेना गृह र यसका सञ्चालक उत्तम भट्टलाई उपभोक्ता हित विपरितको कसुर गरेको हुँदा ३ लाख रुपैयाँ जरिवाना समेत गरेको छ ।

सानिमा मिडिल तमोर हाइड्रोपावरले फागुन २६ गतेदेखि आइपीओ विक्री गर्ने Read Previous

सानिमा मिडिल तमोर हाइड्रोपावरले फागुन २६ गतेदेखि आइपीओ विक्री गर्ने

१५ अर्बको ट्रेजरी बिल विक्री गर्दै राष्ट्र बैंक Read Next

१५ अर्बको ट्रेजरी बिल विक्री गर्दै राष्ट्र बैंक