सानिमा मिडिल तमोर हाइड्रोपावरले फागुन २६ गतेदेखि आइपीओ विक्री गर्ने

काठमाडौं । सानिमा मिडिल तमोर हाइड्रोपावर लिमिटेडले फागुन २६ गतेदेखि प्राथमिक साधरण सेयर (आइपीओ) निष्काशन गर्ने भएको छ।

कम्पनीले सर्वसाधारणका लागि प्रतिकित्ता १०० रुपैयाँ दरले ४२ करोड ४८ लाख ९८ हजार ३०० रुपैयाँ बराबरको ४२ लाख ४८ हजार ९८३ कित्ता सेयर विक्री गर्न लागेको हो ।

लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतम २० हजार कित्तासम्म आवेदन दिन सक्नेछन् । उक्त आइपीओमा फागुन ३० गतेसम्म आवेदन दिन पाइने छ । सो अवधिमा सबै सेयर विक्री नभएमा ढिलामा चैत १० गतेसम्म आवेदन दिन पाइने छ ।

लगानीकर्ताले नेपाल धितोपत्र बोर्डकाट सी आस्बा अनुमति प्राप्त सम्पूर्ण बैंक तथा वित्तीय संस्था, तिनका शाखा कार्यालयका साथै मेरो सेयरमार्फत आवेदन दिन पाइने छ ।

कम्पनीको सेयर निष्काशन तथा विक्री प्रबन्धक सानिमा क्यापिटल रहेको छ । कम्पनीले आइपीओ निष्काशनका लागि गराएको रेटिङमा केयर रेटिङ नेपालले ‘केयर एनपी डबल बी इस्यूअर’ रेटिङ दिएको छ। यसले कम्पनीको दायित्व बहन गर्ने क्षमतामा उच्च जोखिम रहेको संकेत गर्दछ।

कम्पनीले हाल ७३ मेगावाटको मध्य तमोर जलविद्युत आयोजना निर्माण गरिरहेको छ । यसको कुल लागत १३ अर्ब ३३ करोड रुपैयाँ अनुमान गरिएको छ। आयोजनाको प्रति मेगावाट लागत १८ करोड २६ लाख २ हजार ७४० रुपैयाँ अनुमान गरिएको छ।

७ वर्षपछि जोरपाटी-सुन्दरीजल सडक विस्तार अन्तिम चरणमा Read Previous

७ वर्षपछि जोरपाटी-सुन्दरीजल सडक विस्तार अन्तिम चरणमा

सिंहदरवार भित्रका क्यान्टिनमै म्याद गुज्रेका र कुहिएका खानेकुरा Read Next

सिंहदरवार भित्रका क्यान्टिनमै म्याद गुज्रेका र कुहिएका खानेकुरा