अब सरकारले दिने आकस्मिक सार्वजनिक बिदाका दिन पनि बैंक खोल्नुपर्ने

काठमाडौं । अब सरकारले दिने आकस्मिक सार्वजनिक बिदाका दिनमा पनि बैंक तथा वित्तीय संस्था खोल्नुपर्ने भएको छ ।

नेपाल राष्ट्र बैंकले शुक्रबार क, ख र ग वर्गका बैंक तथा वित्तीय संस्थालाई एकीकृत निर्देशन २०७९ जारी गर्दै आकस्मिब बिदाका दिनमा बैंक तथा वित्तीय संस्था बन्द गर्न नपाइने व्यवस्था गरेको हो ।

यससँगै अब नेपाल राष्ट्र बैंकले जारी गरेको बैंक बिदाको सूचीबाहेक अरु दिन सरकारले बिदा दिए पनि बैंक खोल्नुपर्नेछ । बैंक तथा वित्तीय संस्थाले आकस्मिक बिदा दिएको दिन नगद कारोबार, चेक क्लियरेन्स, आरटीजीएसजस्ता अत्यावश्यक बैंकिङ सेवा नियमित गर्नुपर्ने छ ।

यस्तो बिदाको दिन १० बजेदेखि १ः३० बजेसम्म कार्यालय खुला राख्न समेत राष्ट्र बैंकले समय तोकेको छ ।

जी सेभनले रुसमाथि नयाँ प्रतिबन्ध लगाउने Read Previous

जी सेभनले रुसमाथि नयाँ प्रतिबन्ध लगाउने

भाखा नाघेको ऋण ३० दिनभित्र तिरेमा जरिवाना नलाग्ने Read Next

भाखा नाघेको ऋण ३० दिनभित्र तिरेमा जरिवाना नलाग्ने