जी सेभनले रुसमाथि नयाँ प्रतिबन्ध लगाउने

किएभ । युरोपेली सङ्घसहित सात राष्ट्रको अन्तर्राष्ट्रिय समूह ‘जी सेभन’ले रुसमाथि नयाँ प्रतिबन्ध लगाउने भएको छ । रुसले युक्रेनमाथि आक्रमण गरेको एक वर्ष पूरा हुन लागेको पूर्वसन्ध्यामा उक्त समूहका मन्त्रीहरूको बैठकमा नयाँ प्रतिबन्धबारे छलफल भएको हो ।

संयुक्त राष्ट्रसङ्घीय सुरक्षा परिषद्मा युक्रेनमा दिगो शान्तिका लागि मतदानको तयारी गरिरहेका बेला क्यानडा, फ्रान्स, जर्मनी, इटाली, जापान, संयक्त अधिराज्य र संयुक्त राज्य अमेरिका सदस्य रहेको अन्तरसरकारी मञ्च जी सेभनका मन्त्रीहरू नयाँ प्रतिबन्ध लगाउने निष्कर्षमा पुगेका हुन् ।

भारतको बेङलुरुमा जी सेभेनका अर्थमन्त्रीबीच पनि युक्रेनलाई थप आर्थिक सहयोग गर्ने तथा रुसमाथि अझ कठोर प्रतिबन्ध लगाउने सम्बन्धमा विचारविमर्श भएको छ ।

एक वर्ष लामो द्वन्द्वमा १ लाख ५० हजार युक्रेनी र त्यति नै सङ्ख्यामा रुसीको ज्यान गएको पश्चिमा सूत्रहरूले बताएका छन् । युक्रेनप्रति ऐक्यबद्धता जनाउन अमेरिकासहित पश्चिमा देशका उच्च अधिकारीले किएभको भ्रमण गरेका छन् । ऐक्यबद्धता प्रकट गर्न स्पेनका प्रधानमन्त्री पनि किएभ पुगेका छन् ।

१०० वर्ष पुरानो पाइप फुटेपछि नख्खु सडक कालोपत्रमा ढिलाइ Read Previous

१०० वर्ष पुरानो पाइप फुटेपछि नख्खु सडक कालोपत्रमा ढिलाइ

अब सरकारले दिने आकस्मिक सार्वजनिक बिदाका दिन पनि बैंक खोल्नुपर्ने Read Next

अब सरकारले दिने आकस्मिक सार्वजनिक बिदाका दिन पनि बैंक खोल्नुपर्ने