बैंकको कर्जा लगानी ६ वर्ष यताकै न्यून, ७ महिनामा जम्मा १.१५ खर्ब लगानी

काठमाडौं । वाणिज्य बैंकहरुको कर्जा लगानी ६ वर्ष यताकै सुस्त भएको छ । तरलता अभाव र कर्जाको माग नहुँदा बैंकहरुले कर्जा लगानी गर्न नसकेका हुन् ।

नेपाल बैंकर्स संघको तथ्याङ्क अनुसार वाणिज्य बैंकहरुले चालु आवको ७ महिना (साउन-माघ)मा जम्मा १ खर्ब १५ अर्ब कर्जा लगानी गरेका छन् । यो पछिल्लो ६ वर्ष यताकै कम हो ।

गत असार मसान्तसम्म४१ खर्ब ७५ करोड रुपैयाँ रहेको बैंक्को कर्जा लगानी चालु आवको माघ मसान्त्सम्म आइपुग्दा १ खर्ब १५ अर्बले बढेर ४२ खर्ब ९० अर्ब रुपैयाँ पुगेको छ।

यसअघि बैंकहरुले आव २०७२/७३ को ७ महिनामा सबैभन्दा कम जम्मा १ खर्ब ११ अर्ब कर्जा लगानी गरेका थिए । त्यसयता लगातार बढाउँदै लगेको कर्जा लगानीमा यस वर्ष ब्रेक लागेको हो ।

गत आव २०७८/७९ को ७ महिनामा बैंकहरुले इतिहासकै धेरै कर्जा लगानी गरेका थिए । गत वर्ष बैंकहरुले साउनदेखि माघसम्मको अवधिमा मात्रै ४ खर्ब ३४ अर्ब कर्जा लगानी गरेका थिए । त्यस्तै, आव २०७७/७८ को ७ महिनामा पनि ४ खर्ब १४ अर्ब कर्जा लगानी गरेका थिए ।

त्यस्तै, आव २०७६/७७ मा २ खर्ब ५२ अर्ब, आव २०७५/७६ मा २ खर्ब ७८ अर्ब, आव २०७३/७४ मा २ खर्ब ३९ अर्ब रुपैयाँ कर्जा लगानी गरेका थिए ।

चालु आवमा नेपाल राष्ट्र बैंकले १२।६ प्रतिशत कर्जा विस्तार गर्ने लक्ष्य लिए पनि सो नभेटाउने संकेत देखिएको छ । राष्ट्र बैंकको लक्ष्य अनुसार चालु आवमा ५ खर्ब ६० अर्ब रुपैयाँ कर्जा लगानी गर्नुपर्नेमा बैंकहरुले ७ महिनामा लक्ष्यको २० प्रतिशत मात्र कर्जा लगानी गर्न सकेका हुन्

 

जजिराले फागुन २५ देखि गौतमबुद्ध विमानस्थलबाट फेरि उडान गर्ने Read Previous

जजिराले फागुन २५ देखि गौतमबुद्ध विमानस्थलबाट फेरि उडान गर्ने

३ कम्पनीको लाभांश पाउन सेयर किन्ने आज अन्तिम दिन, कुनको कति ? Read Next

३ कम्पनीको लाभांश पाउन सेयर किन्ने आज अन्तिम दिन, कुनको कति ?