काठमाडौं । जजिरा एयरवेजले आगामी २५ गतेदेखि गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट पुनः उडान गर्ने भएको छ।
मौसमको कारण देखाउँदै उडान रोकेको जजिराले दुई महिनापछि फेरि उडान सुरु गर्ने भएको हो ।
गत जेठदेखि संचालनमा आएको गौतमबुद्ध विमानस्थलमा नियमित उडान गर्दै आएको जजिराले पुसदेखि उडान रोकेको थियो । अब फेरि नियमति उडान गर्न लागको हो ।
जजिराले अब पुरानै तालिकाअनुसार भैरहवा-कुवेत-भैरहवा सातामा तीन उडान गर्नेछ। जजिराले साताको मंगलबार, बिहीबार र शुक्रबार उडान गर्नेछ। बिहान ७:१५ बजे विमानस्थलमा ल्यान्ड हुने र ८:०५ मा कुवेतका लागि उड्ने उनले बताए।