३ कम्पनीको लाभांश पाउन सेयर किन्ने आज अन्तिम दिन, कुनको कति ?

काठमाडौं । नेपाल स्टक एक्स्चेन्ज (नेप्से)मा सूचीकृत तीन कम्पनीको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ । कर्पोरेट डेभलपमेन्ट बैंक, ङादी ग्रुप पावर र स्वावलम्बन लघुवित्त वित्तीय संस्थाको लाभांश पाउन सेयर किन्ने आज अन्तिम दिन हो ।

तीन कम्पनीले साधरण सभा प्रयोजनका लागि फागुन १० गते बुकक्लोज तोकेको छन् । सो अनुसार यी कम्पनीको लाभांश सुरक्षित गर्ने फागुन ९ गते अन्तिम दिन भए पनि भोलि सार्वजनिक बिदा परेकाले आजसम्म कायम रहने सेयरधनी मात्र लाभांश पाउने छन् ।

ङादी ग्रुपले गत आर्थिक वर्ष २०७८/७९ को मुनाफाबाट ४.७५ प्रतिशत बोनस सेयर र कर तिर्न ०.२५ प्रतिशत नगद गरी ५ प्रतिशत लाभांश प्रस्ताव गरेको छ । उक्त लाभांश पारित गर्न कम्पनीले फागुन २५ गते साधरण सभा बोलाएको छ ।

त्यसैगरी, कर्पोरेट डेभलपमेन्ट बैंकले गत आर्थिक वर्षको मुनाफाबाट ५ प्रतिशत बोनस सेयर र कर तिर्न ०.२६ प्रतिशत नगद गरी ५.२६ प्रतिशत लाभांश प्रस्ताव गरेको छ ।सो लाभांश पारित गर्न बैंकले फागुन २२ गते वार्षिक साधरण सभा बोलाएको छ ।

त्यस्तै, स्वाबलम्बन लघुवित्तले गत वर्षको मुनाफाबाट १५ प्रतिशत बोनस सेयर र कर प्रयोजनसहित ६.०५ प्रतिशत नगद गरी कुल २१.०५ प्रतिशत लाभांश घोषणा गरेको छ । सो लाभांश पारित गर्न लघुवित्तले फागुन १९ गते साधरण सभा बोलाएको छ ।

तीनै कम्पनीको साधरण सभाले पारित गरेपछि सेयरधनीले उक्त लाभांश पाउने छन् ।

बैंकको कर्जा लगानी ६ वर्ष यताकै न्यून, ७ महिनामा जम्मा १.१५ खर्ब लगानी Read Previous

बैंकको कर्जा लगानी ६ वर्ष यताकै न्यून, ७ महिनामा जम्मा १.१५ खर्ब लगानी

भूगोल इनर्जीको आइपीओ खुल्यो, कति कित्ता भर्न पाइन्छ ? Read Next

भूगोल इनर्जीको आइपीओ खुल्यो, कति कित्ता भर्न पाइन्छ ?